Friday, April 25, 2014

प्रेम कहानी

BY Arun Gnawali

प्रेम कहानी ( शिखरिणी)
 

कहाँ पोखौँ मैले असफल कथा यो पिरतीको
मलाई दिन् रातै अति जलन पार्ने प्रियसीको
बनाउँला भन्थेँ शरद रितुको प्रेम अमर
तिमी बाटो मोड्यौ रहर बनिगो आज रहर ।१।

थियो कालो लामो चमक भरिलो केश शिरमा
सिधै घायल्  पार्थे नयन म्रिगकाझैँ ति दिनमा
  पागल्  हुन्थेँ  हौ जब जब तिमी चुल्बुल गरी
लगाउँथ्यौ  आँखा तिर परबाटै  घरिघरी

तिमीले हाँस्दामा जगत सबयो उज्वल भयो
तिमीले रुँदामा कुटुकुटु भयो मन् जलन भो
प्रिये मेरो आफ्नो सुख दु: भनेकै सब थियौ
पो साट्थेँ पीडा अब मकन एक्लो गरिदियौ ।३।       

तिमी जून्झैँ लाग्थ्यौ  मन शितल पार्ने गरममा
तिमी धुन्झैँ लाग्थ्यौ अति मधुर बोली बचनमा
तिमी फूल्झैँ लाग्थ्यौ  मगमग भरिन्थ्यौ पवनमा
तिमी मुल्झैँ लाग्थ्यौ बगर सरि यो जीवन महाँ ।४।

कमाउँला मैले अरब अरबौँ  सम्पति  अनी  
बनाउँला अग्लो घर शहरमा भै अति धनी 
बसौँला  दिन्  रातै हरबखत पैसा गनिगनी
सधैं केही केही अपुग रहने भो तरपनी ।५।

 कुनै दिन् भेट् हुँदा अपरिचित जस्तै बनिकन
नहिँडे है प्यारी अझ हृदय पोल्ने गरिकन
कता छौ खै काली हरबखत तिम्रै छु जपमा
परानै हौ मेरो पलपल बहन्छौ रगतमा ।६। 

चखेवाका जोडी जब समिपमा देख्दछु ता
तिनै दिन्को झल्को मनमगजमा फिर्दछ हा
सधैं पार्थ्यौ आँखा पिलपिल  जाँदा अलि पर
भएँ एक्लै भन्थ्यौ फिरफिर छिटो बेर नगर l 
( गराउँथ्यौ  फिर्ने  उहिपल  तिमी लौ   गरी कर ) ।७।

महीना माघै थ्यो समय अति ठन्डा वरपर 
पढाई सक्काई अब फिरुँ भन्दै सब घर
पुगेकाथ्यौँ हामी जब चउरमा त्यो बखतमा
तिमीलाई देखेँ उहिपल बसालेँ मगजमा ।८।

कुरेँ बोल्ने भन्दै बिसदिन कतै भेट् गरिकन
तिमी अन्तै अन्तै हरपल कुर्दै झनझन
बिते धेरै दिन् रात् छटपट भयो हर बखतमा
अहा मौका मिल्यो उहि चउरमा एक् समयमा ।९।

अती काँपे खुट्टा ढुकढुक भयो यो मुटु पनि
कसोरी बोल्ने हो प्रथम पलमा लौ अब भनी  
भनी जे जे होला सहज सँग बोलेँ उसदिन  
बिताउँला भन्दै जनम भरि माया गरिकन ।१०।

दिई यौटा रातो अति चमकिलो फूल अनी
तिमीलाई माया हरसमय गर्नेछु भनी
मनैमा गुम्सेका भनि सब कुरा गद्गद बनी
बिदा माँगे छिट्टै शुभ खबर पाउँ भनी ।११।

कुरेँ यौटा हप्ता समय अति लामो बनिदियो
चिठी पाएँ छिट्टै खबर भनेझैँ शुभ थियो
पुगे मेरा सारा रहरहरु भन्दै अब छिटो
कतै टाढा जाऔँ बसि गफ गरौँला अति मिठो ।१२।


तिमीनै आउँथ्यौ प्रतिदिन सुत्दा सपनिमा
उठे तिम्रै मायाँ  पलपल सताउने बिपनिमा
कती बेला देखौं भनि नयन यी ब्याकुल भए
यसै गर्दागर्दै दिन अनि महीना बितिगए ।। 
यसै गर्दागर्दै कति दिन हप्ता बितिगए १३l )

थिए डाँडा पाखा सकल हरिया भैकन सफा
ता ठन्डा तातो खुशि फिरि गए जीवहरुका
बिते गर्मी बर्षा शरदरितुको आगमन भो
यता धेरै लामो समयपछि हाम्रो मिलन भो ।१४।

कतै टाढा पुग्यौँ घर शहर छाडीकन दुवै  
(पुग्यौँ ज्यादै टाढा घर शहर छाडीकन दुवै)
छुँदै एक् अर्काका करकमल रोमान्चित हुँदै
चखेवा लाम्पुच्छ्रे मयुर पनि जोडी बनिकन
डुलेका देखिन्थे बहुत खुशि लाग्थ्यो मनमन ।l १५ ll

निकै राम्री जून् झैँ अझनयनमा गाजलु भरी
हरीयो कुर्तामा सजिइकन हाँस्दै घरिघरी
कुरा गर्दागर्दै जब चुनरि तान्थ्यौ तलतल
मलाई त्यो लाग्थ्यो जनम भरिकै सुन्दर पल ।l १६ ll    


तिमी जैले हेर्थ्यौ भुइँ तिर लजाई अलिकता
निकै थोरै बोल्थ्यौ उसपल नमानी सहजता  
दुई मान्छे यौटै मन मुटु भएथ्यो उसघडी  
नहोस् लाग्थ्यो राती बरु दिन बनोस यै अलिबढी ।l १७ ll


सधैं देख्दा लाग्थ्यो चिरिबिरि गरेकी चरि तिमी
कि ता स्वर्गै छाडीकन तल झरेकी परि तिमी
नझिम्काई आँखा गगनतल देखी सुर पनि
तिमीमै हेर्दा हुन् हरपल सबै पागल बनी ।l १८ ll 

निकै बढ्यो पैलो भ्रमणपछि माया दिनदिन
हुनै पर्थ्यो हाम्रो हरकिसिमले बात् छिनछिन
हराएका हुन्थ्यौँ मधुर सपनामा थरिथरी
सधैं राती रातीतक बसि मिठा बात् गरिगरी ।l १९ ll  

खनौँला खेत् बारी मिलिजुलि दुबैले दिनभरी
बसौँला रातीमा अतिमधुर मीठा गफ गरी
मकैको आटोमा दुधदहि घरैको अलिकति
मिलाई खाऊँला खुसिसित रहौँला हरघडि ।l २० ll     

मजाको चौपारी अनि समिपमा मन्दिर थियो
जहाँ यौटा राधा अनि किसनको तस्बिर थियो
गरुँ लाग्थ्यो माया युगयुग हजारौंँ युग भरी
गरेका थे राधा अनि किसन ले प्रेम जसरी ।l २१ ll


२०७१ बैशा




 

Thursday, April 24, 2014

With Friends








Wednesday, April 23, 2014

मन गयो त्यता

मन गयो त्यता (वंसस्थ)

मुसक्क हास्दै कहिले लजाउदै
टलक्क पायल् छमछम् बजाउदै ।
छ स्वर्ण कान्ति अनुरागको घटा
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।१।।
विशिष्ट देख्दा सब अंग अंग ती
पछाडि फर्केर उभिरहूँ कति
भुलेर बाटो डुलियो यता उता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।२।।

बताससंगै फरफर् छ केश त्यो
टमक्क मिल्ने जिउसंग भेष त्यो
गुलाफ रातो लहरै रह्यो लता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।३।।
हिडाइ उस्को मृगचाल र्बिसने
मुस्कान मात्रै पनि पुर्णिमा हूने
जुधेर आंखा बढिराछ उष्णता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।४।।

छ सृृृष्टि संसार अचम्म बेसरी
विक्षिप्त हुन्छन् सब स्वर्गका परी
भरिन्छ माया मनमा कता कता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।५।।
बिहानमा घाम जसै उदाउछ
तरंग झै रस्मि खुला फिजाउछ
स्वतन्त्र डुल्छे मनले भन्यो जता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।६।।

कपाल साँच्चै भमरा झुलेसरि
उडाइ  लग्दैछ  हवा घरिघरि
मिठो छ बोली छ सबै विनम्रता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।७।।


अहो अहो यौवनमत्त सुन्दरी
प्रभाव उस्कै छ यहाँ वरिपरि
बढेछ सामिप्य तथापि  मौनता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।८।।
बतासैसंग बहदैछ  बासना
लिएर उस्कै रसपूर्ण चाहना
हराइहाले मनका उदाशता
नर्हेर्छु भन्दा पनि मन् गयो त्यता ।।९।।


२०७० रानीबास सिन्धुली



Wednesday, March 12, 2014

आफ्नै टाइमलाइनबाट साथीको पोष्ट


E-swoor Voojeel > काँचो केटो

विहानीको चिसो मौसम निद्रा भर्खर
खुलेको थियो घडि हेरे विहानको ५ बजेको रहेछ
। विहान उठेर थेसिस क्लासमा जानु थियो।
माबाईलको घण्टि बज्यो यसो हेरे
फोन विनोदको थियो ईश्वर हामी घुम्न जाने
भनेका थियौ नि ?
अँ मैले भने,

हो तिमले भनेको ठाउँमा नै जाने निर्णय
गरेका छौ र अनि सुन त ?
अँ भन न मैले भने
चैत्र सेकेण्ड वीक जाने निर्णय भएको र
यसको लागि अफिसमा विदा पनि लिईसकेको जनायो,,र
उस्ले बाँकि कुरा आज कलेजमा नै भेटेर भन्छु
भन्यो र फोन काटिदियो
म अन्यौलमा परे .....
साथीहरुले सिन्धुली होईन बरु मनकामना,
चिसापानी अन्त कतै जाउँ न भन्ने प्रस्ताब
गरेका थिए
मेरै लिडे ढिपिका कारण उनीहरु सिन्धुली जाने
निर्णमा पुगेका थिए ।
मेरो सोच थियो सिन्धुली जाउँला र
महिनौ देखि भेट्न नपाएको आपनो प्रेमिकालाइ
पनि भेट गरौला....
उता सरकारी सेवामा कार्यरत हाम्रा आत्मीय
मित्र सबिन
सिन्धुलीको रानीबासमा पर्खिरहेको छ
भन्दै थियो आओ न यार तिमिहरुको लागि म
दूईदिनको बिदा लिउँला र घुमौला भनिराको छ
तर आज म आफै सिन्धुली नगइ अन्त जान पाए
पनि हुन्थ्यो भन्ने सोच आएको छ
उता सिन्धुलीमा रहेकि प्रेमिका बर्षा सँग प्रेम
टुटेको पनि बरिब एक हप्ता भई सकेको थियो
प्रेममा परेको कुरा सबिनलाई बाहेक अरुलाई
भनेको पनि थिईन अरु सबै साथीहरुलाई सरप्राईज
दिउँला भन्ने सोच बनाएर नै सिन्धुली घुम्न जाने
योजना बनाएको थिए ।
तर यि सब अब बेकार छ एक
हप्ता भो उनी सँगको सम्पर्क विच्छेद भएको.......
सयौ पटक फोन गरे म्यासेज पठाएँ तर
एउटा पनि रिप्लाई भएन हजार कोशिश
गर्दा पनि.... खासै
केहि गल्ति पनि गरको जस्तो लाग्दैन
बिना कारण किन उनी म बाट टाढा हुन
चाहिन... मैले केहि बुझन सकिन......
तर पनि केहि छैन मेरो साथी सबिनलाई
भेटनको लागि भए पनि मैले साथीहरु संग जाने
निर्णय गरे ।
उ संग भेट नभाको पनि एक barsha भै
सकेको थियो । हाम्रो भेट
नारायणहिटि दरबारमा भएको थियो ।
जुन समय उ दौडिरहेको थियो असिन पसिन
अनुहार बोकेर.......
तर एउटै कुरा मनमा अड्किरह्यो
उनी टाढिनुको कारण के हो ?
बिना उत्तर म धेरै बेर रुमल्लीरहे
यसो घडि हेरे विहानको ७ बजिसकेछ
ला आजको मेरो थेसिस क्लास म झसंग भए...।



Tuesday, January 21, 2014

गजल (मुजारे बहर)


गजल (मुजारे बहर)

हल्का छ हल्का भन्दै तहल्का मचाइहाल्यौ ।
घाइते मलाई पारी आफै जचाइहाल्यौ ।
त्यो बैशमत्त पूर्ण उन्मादिलो बहार,
साटेर प्रेम नाता छुट्टै रचाइहाल्यौ ।
मर्ने र बाच्ने संगै जंघार ती तरौँला,
मन्मा डढेलो लाई आफू बचाइहाल्यौ ।
प्याला दिएर गाढा माया घोलिरहेको,
लठ्याउदै दुनियाँ सारा नचाइहाल्यौ ।
आँखा सनक्क पार्दै उल्टो दिई इसारा,
जाने बुझेर तिम्ले क्या बुझ्पचाइहाल्यौ ।।।


२०७०/०९/१० सिन्धुली