Thursday, March 15, 2012

सजीव लास


सजीव लास
जीवनको अस्तित्वको प्रश्न स्पन्दनमा उर्लिदा बाँचेकोमा गर्व लाग्यो।
असमानताको वास्तविकता आत्मसाथ गरेपछि अस्तित्व नै निरर्थक अनुभुत भयो :
मलाई लागेन म बाँचेको छु , किनभने बाँच्नुको अर्थ यस्तो होइन
निरर्थक यथार्थ ।।
बाद्यताको अस्तित्वमा सजीवताको संकेत हुदैन, म आत्महत्या गर्ने शाहस नभएर
जीवित छु : निरर्थक यथार्थ ।।
सजीव लास बाँचेको होइन, नमरेको मात्र हो।
बाँच्नु र नमर्नु फरक कुरा हो।
आत्महत्याको शाहस नभएर बाँच्नुभन्दा श्रेयस्कर छ म्रित्यु :निरर्थक यथार्थ ।।

२०६६, कलंकी काठमाण्डौ


                                      

Tuesday, March 6, 2012

चुरोट प्रपन्च


चुरोट प्रपन्च


मेरो जिवनको सबैभन्दा प्रिय बस्तु हो चुरोट। मेरो हर दिनको शुभारम्भ चुरोटसँगै हुन्छ र दिनको अन्त्य पनि चुरोटसँगै हुन्छ। मेरो साथमा कहिल्यै नछुट्ने बस्तु पनि चुरोट नै हो। चुरोट मेरो साथी र सलाई चुरोटको साथी यसैले चुरोटको डिब्बा र सलाईको लागि मेरो कोटको भित्री गोजामा बिशेष स्थान  छ। त्यहाँ चुरोट र सलाई कहिलै सकिदैन। यौटा सकिनासाथ अर्को नयाले विस्थापित गर्छ। दिनमा औसत एक डिब्बाले पुगेकै छ। मेरो खर्चमा सानो मात्रामा भएपनि चुरोटको हिस्सा नियमित छ। चुरोटको साथमा म कहिलै एक्लो महसुश गर्दिन, अझ भन्ने हो भने चुरोटकै कारण म थुप्रै साथीहरु बनाउन समेत सफल भएको छु।
About Cigarette Smokingthumbnail
चुरोट कहिलेदेखि मेरो प्रियपात्र बन्यो स्पष्टसाथ भन्न नसके पनि स्कुले जिवनबाटै यससँग म परिचित थिएँ। लुकिछिपी मेरो र यसको मित्रता प्रगाढ बन्यो, अहिले त कुनै समस्या नै छैन, जतिबेला मन लाग्यो त्यतिबेलै सल्काउछु। थुप्रै बाधा ब्यवधानहरु सहेर मैले चुरोटलाई अंगालेको हुँ। कतिपल्ट त बाको खल्तीसमेत खदुल्न पर्‍यो सुरुसुरुमा, आमाको गालीले समेत छुटाउन सकेन। म चुरोटप्रति अडिग रहेँ। बरु चुरोटकै कारण केही मनचिन्ते साथीहरु गुमाए पनि उनीहरुको कारण यसलाई नगुमाएकोमा मलाई गर्व छ।
एकदिन मजस्तै अन्य कति जनाले चुरोटलाई साथी बनाएका रहेछन् भनी जन्ने इच्छाले म भ्रिकुटीमण्डप अगाडि करिब एकघण्टा चनाखो भै हेरेँ। नजिकै एउटी बुढी आमा नाङ्ले पसल थापेर बसिरहेकि थिइन् ग्राहक पर्खदै। उनीबाटै शुरु भो मेरो गणना। हातमा आधी पग्लिएको चुरोट छोपेर उनी मतिर नै हेर्दै थिइन्। खल्तीमा चुरोट सकिएकोभए अवश्य नै म उनको ग्राहक हुन्थेँ तर बिहान नया डिब्बा किनेपछि सात खिल्लीमात्रै त तानेको थिएँ। आठौँ खिल्ली सल्काएर बुढीआमाको नाङ्लोमाथि नजर फ्याँकेको त्यहाँ छ सात प्रकारका चुरोटहरु थिए। नढाटी भन्नुपर्दा उनका सम्पूर्ण समानको एक तिहाई त चुरोट मात्रै थिए। केही सुर्तीले चुरोटको शोभा बढाएका थिए।
चम्केको घोडाको तालमा एक अधबैसे युवक आयो। ऊ केही उदास देखिन्थ्यो मुखबाट एक मुस्लो कालो धुवा उडाउदै। करिब बिस मिटरको मात्र दुरीमा उसले त्यसरी नै चारपल्ट मुस्लो उडायो र सकिनै लागेको चुरोटको ठुटो पुन एकपल्ट तानेर नालीतिर मिल्कायो। चुरोट बलिरहेकै थियो।
नज्जिकै रहेको खाजाघरतर्फ मैले नजर पुर्‍याएँ, करिब पन्ध्र जनामध्ये चार जनाको हातमा चुरोट रमाएको थियो। मैले नजर त्यही स्थिर राखेँ। केहीबेरमै ती चारबाट अन्य चारमा चुरोट हस्तान्तरण भए। यसरी अन्त्यसम्ममा प्रत्येकको हातमा चुरोट पुग्यो। अरु केही खाना अर्काको जुठो नखानेहरु पनि चुरोट चाहि मज्जाले जुठो खाइरहेका हुन्छन्। अजबको छ चुरोट न त खानु पर्ने न त पिनु नै पर्ने।
आँखा मोड्दै थिएँ, विदेशी प्रयटक जोडी विदेशी चुरोटमै मस्त थिए। नेपालमा चाही युवतीहरुले चुरोट पिएको मैले त्यति भेटेको छैन। बुढी आमैहरु चाहि प्रसस्तै भेटिन्छन् शहरतिर पनि। मेरो कोठा नजिकै बस्ने शासू, बुहारी र छोरा तिनै जनाले चुरोट पिउछन्। एकपल्ट त उनिहरु घरमा नभएको मौका पारेर सोह्र सत्र बर्षको  छोराले समेत चुरोट तान्दै थियो।
हेलिकप्टरकैजस्तो आवाजका साथ आएको अस्थिपन्जर जस्तो देखिने बाइकको चालक ठिटो एक हात छोडेर मुखको चुरोट मिलाउदै अघि बढ्यो। बिस्तारै आएर टेम्पो रोकियो, ड्राइभरले पाँच रुपिया दिदै सात आठ बर्षको फुच्चे खलासीलाई बुढीआमाको पसलबाट चुरोट लिन पठायो। ओठ निचोरे दुध झर्ने जस्तो बालक केटोले निकै परिपक्वतासाथ चार स्वाँक तानेर मात्र ड्राइभरलाई दियो। ड्राइभरले प्रसन्न मुद्रामा चुरोट र टेम्पो सङ्गै अगाडि बढायो।
म उभिएको पल्लो साइडमा आफ्नी प्रेमिकालाई बाया हातले अङालेको युवकले पनि दाया हातले चुरोट छोप्न भ्याएकै थियो। त्यो प्रेमिका मौन थिई। चुरोटको खरानी युवकले झट्कारो अनि दुवैजना अघि बढे। मैले मेरी पत्नीलाई सम्झेँ मेरो श्रीमतीसँग चुरोटको विषयमा प्राय झगडा हुन्छ, कपडा धुने क्रममा सात आठपल्ट डब्बै नफ्याकिदिएकि पनि होइन यद्यपि नया किन्दा झन् बढी खर्च हुने भएकोले हिजोआज क्यै भन्दिन तथापि उसको नजिकै चुरोट पिउन मनाही गराएकि छे। मैले त्यस युवककी प्रेमिकालाई आफ्नी पत्नीसँग तुलना गर्न सकिन खासगरी चुरोट खान अनुमती दिने सन्दर्भमा।
यस्सो घडी हेरेको आधा घण्टा बढी भैसकेछ म त्यहाँ अल्झिएको। चुरोट धेरैको आत्मीय मित्र बन्न सफल छ। म जता गयो कम्तीमा शयकडा तीस जनाले चुरोट तानेको देख्छु। साथीहरुसङ्ग खाजा खाने ठाउमा खाजा भन्दा पहिले चुरोट आउछ। दिनदिनै चुरोट किन्नुपर्दा चुरोट कम्पनिमै जागिर खाने मन पनि नभएको हैन तर अचम्म चुरोट कम्पनिभित्र समेत चुरोट खान नपाइने भएपछि त्यतातर्फ लागिन, सामान्य जागिरले नै चलेको छ।
यौटा ठिटो लामो लामो सासले चुरोट तानेर फाल्यो अनि क्याम्पसको गेटभित्र पस्यो। पट्याट लागेकोले मैले पनि नवौ खिल्ली चुरोट सल्काएँ। अर्को हिपहप देखिने ठिटो पनि क्याम्पसको गेटमा चुरोट फालेर क्याम्पस छिर्‍यो, यसरी खुलेआम चुरोट खादै क्याम्पसको गेटमा चुरोटका ठुटा फाल्नेहरुको कमी छैन। पचासौ चुरोटका ठुटाहरु क्याम्पसको गेटमा मैले भेटाएँ। सरकारी क्याम्पस प्रशासनको त्यतातर्फ पटक्कै ध्यान नपुगेकोले एक प्रकारको स्वतन्त्रता नै छ। मलाई याद भयो एकपल्ट मैले प्रतिबन्धित ठाउमा चुरोट सल्काउदा तीन महिना चुरोट आउने पैसा त जरिवाना नै तिर्नु परेथ्यो तर कत्ति पनि नहड्बडाई चुरोट तान्दै आएको छु अधिकारको प्रयोग भन्दै। द्वी चारपल्ट त चुरोटले लज्जित समेत बनाएको छ।
म हिच्किचाउने किसिमको मान्छे होइन, कति पटक त आफन्तहरुले घरको कोठामा चुरोट खान नदिदा छतसम्म समेत पुग्नु परेको छ। एकचोटि हतारमा चुरोट राख्न बिर्सेछु, चुरोट किन्न पसलतिर छिरेको गाडी छुटेछ पछि एकघण्टा कुरेर अर्कै गाडिमा गएँ,समय ढिला भएकोले पाउनै लागेको जागिर पनि गुमाउनु पर्‍यो।
एकजना महोदय हातमा पुस्तक लिएर हिड्दै थिए, बाटोमा दुई तिनओटा भुसाहा कुकुर उनीप्रति भुक्दै थिए। विपरिततिरबाट एउटा ठाँटिलो पट्ठो हातमा चुरोट सहित आयो, कुकुरले उसलाई तर्केर बाटो छोडिदिए। भुक्ने त कुरै छोडौँ, कुकुरले समेत चुरोटको सम्मान गर्दा रहेछन्।
हातको चुरोट घट्दै थियो। मतिरै एउटा परिचित अनुहार आउदै गरेको देखेँ। उसको हातमा पनि चुरोट थियो। एक द्रिष्टि मतिर लगाएर केही नबोली सरासर ऊ गयो।  पछि मात्र थाहा भो ऊ त मेरो बिसौ बर्ष पुरानो स्कुले सहपाठी तर स्कुलपछि आजमात्रै देखेँ, उसले सायद मलाई चिनेन होला। यसो घडी हेर्दा एक घण्टा बित्नै लागेछ। पातलिएको चुरोटको एकसर्को तानेर म पनि लागेँ त्यहाबाट बेबारिसे यात्रामा !!!!!
कलंकी काठमाण्डौ, २०६६ -११ -१९ बुधबार




Everest On Her Chest

Everest On Her Chest

Rocky and hard way destination of far.
Fear of loneliness , she goes through the bar.
Thirst and hunger she forgets in haste,
Desires make Everest on her chest.
Lost in lust makes the sun cool cool.
Each breast of her is Elixir-Full.
Sweet kid away seizes all rest.
Desires make Everest on her chest
Directing dragging double tired feet.
Slowly she surges: hurried a bit.
For hope and future she does her best,
Desire makes Everest on her chest.
                        
                            (Dedicated to all the Mothers )

Kalanki, Kathmandu ~~  2067-04-02



Dream Miracle


Dream Miracle
                                                                                                                   
Miracle of the god, unseen girl and blind love.
Beyond the world where I find her chastity,
Devine heart with coocoo  voice.
The brightest star : radiant of her eyes.
Sweet breeze: her fragrant breath .
Oh…. Calm down my heart
I cant restrict such passion
Steps are ahead to grab it
Just a dream miracle.

Kalanki ,Kathmandu  ~~ 2066-08-08


Tuesday, February 21, 2012

अभाव


अभाव
"अभाव हरेक सजीव बस्तुको मनको चाहना माथिको तुसारापात हो मनले चाहेजति कुनै वस्तुको परिमाण नपाउनुलाई हामी अभाव भन्छौँ संसारमा थुप्रै चिजहरुको अभाव हुनु नै संसारको बिशेषता हो।
नहेरुँ भन्दा भन्दै पनि संसारमा थुप्रै अभावहरु देखिन्छ
शुरुमा आफ्नै कुरा गरौँ - एकपल्ट आफै पनि खाना नपुगेर आमासित झगडा गरेँ।
आमा के के भन्दै भट्भटाउनु भयो मलाइ पनि रिस उठ्यो तर रिसले मेरो पेट अघाउने भए पो !!
अस्तिमात्रै पनि धारामा पानी थाप्ने मान्छे गाग्रीहरुको भिडैभिड देखेँ त्यहाँ निकै होहल्ला थियो।
हिजो एकजनालाई अरुलाई जति पानि पुगेनछ , आज उनले बढि पानी पाउनुपर्ने माग गर्दै थिए
केही अरुले पनि आफूले बढी पानी पाउनु पर्ने माग गर्दै थिए , कोही कोहि त्यसको विरोध गर्दै थिए।
त्यहाँ पानीको अभाव थियो
एउटा अभाव हुनलाई अरु तिन चार ओटा सहायक अभावले महत्वपूर्ण भुमिका खेल्दछ।
यहाँ घरमा खानाको अभाव हुनुमा पैसाको मुख्य अभाव हुन सक्छ। पैसाको अभावको मुख्य कारण राम्रो ब्यावशाय वा जागिरको अभाव त्यसको मुख्य कारण राम्रो ज्ञान , सिप वा अवसरको अभाव हो राम्रो शिक्षा वा सिप नहुनुमा घरमा शिक्षित वातावरणको अभाव त्यसको कारणमा बाबु आमामा चेतनाको अभाव आदि,,,,,,,,,,,, यसरि, अभावको मुख्य कारण अभाव नै हो
त्यस्तै, धारामा पानिको अभाव हुनुमा नजिकै जलाशयको अभाव, दक्ष इन्जिनियर वा मिस्त्रीको अभाव, भौगोलिक सुविधाको अभावजस्ता अभावहरु नै प्रमुख कारण छन्।
तिनका उपकारणहरुको चर्चा बिश्लेषण गर्न थाल्ने हो भने डायरीमा लेख्ने ठाउ कलममा मसिको अभाव हुन्छ , त्यसैले त्यतातर्फ नलागौँ
यौटा प्रश्न उठ्न सक्ला , नेपालमा शिक्षित मान्छेहरु बेरोजगार छन्, तर कतिपय मुर्ख मान्छेहरु पनि ठुलै ओहोदामा छन् घुसखोरी बाट हो या नाताबादबाट सो थाहा नभएपनि छनोटकर्ताहरुमा सुझबुझको अभाव यसको मुख्य कारण देखिन्छ।
संसारमा आभावले यस्तो विकराल रुप लिसक्यो कि अभावबिनको जिवन अधुरो लाग्न थालिसक्यो
धेरैलाई धनसम्पति, कसैलाई शिक्षा जागिर, कार कम्प्युटर, घरजग्गा ,असल साथी, पानि औषधी, सेवासुबिधा, कसैलाई मन्त्रिपद, कुर्सी पद घुस आदिको अभाव
मलाई बुद्धी ज्ञानको अभाव , घरमा पैसा सरसमानको अभाव छ। गाउमा सेवा सुविधाको अभाव छ।
देशमा अमन चयन विकासको अभाव , अन्तर्राष्ट्रिय जगतमा शान्ती सहिष्णुता लगायत धेरै चिजको अभाव
अभावकै कारणबाट झगडा, चोरी हत्या हिंसा बढ्ने गरेको हामिले देखेसुनैकै छौँ
देशको आर्थिक सामाजिक उन्नती विकासको मुख्य बाधक पनि अभाव नै हो  ~ चाहे पुँजी प्रविधीको अभाव होस् या प्राविधिक कामदारको , कुरा अभावकै हो
अभाव मानवलाई मात्र नपरी सम्पूर्ण जन्तु वर्गलाई नै पर्दो रैछ , घाँसको अभावमा भैसी निकै कराएको छ।
आहाराको अभावमा कमिलाहरु ताँतीका ताँती हिडिरहेको देखिन्छ
उपयुक्त मलजल मौसमको अभावले धान, मकैहरु फल्न नसकेर आर्थिक एवं खाद्यान्न अभाव होला जस्तो
अभाव नै सुखमय जिवन प्रगतिको बाधक हो , सङ्घर्षको मुख्य कारण पनि अभाव नै हो ।।
धनको अभावले चोरी डकैती बुद्धीको अभावले अधोगति भै रहेको मान्छेहरुमा विश्वासको अभाव छ। सुरक्षाको अभावमा हत्याहिंसा अपराधहरु बढेका छन्
उपयुक्त औषधीको अभावमा जिवन छोटिएको , खासगरी दुर्गम क्षेत्रतिर निर्जीव वस्तुहरुमाथि पनि अभाव उत्तिकै ब्याप्त प्रकाशको अभावमा औशी रात निस्पट्ट अध्यारो डरलाग्दो छ।
सुबिधाको अभावले जिवन कष्टपूर्ण छ। बग्ने ठाउको अभावमा नदिले पहाडै भत्काइदिएको
अभावले बच्चा बुढा ,तल्लो उपल्लो , गाउले शहरिया क्यै मा पनि भेदभाव नगरी सबैलाई समाना ब्याबहार गरेको
यत्र तत्र सर्वत्र अभावै अभाव घरमा अभाव पल्लो घरमा अभाव, गाउमा अभाव शहरमा अभाव, सडकमा अभाव पेट्रोलपम्पमा अभाव , शरिरमा पनि अभाव ।।
हिमालमा अभाव तराईमा अभाव , स्वदेशमा अभाव विदेशमा अभाव, सामान्य क्याल्कुलेटर देखि कम्प्युटरसम्म अभाव !! जहाँ पनि अभाव , अभावले ब्यापक क्षेत्र ओगटेको >
अभाव आवश्यकता ठूला आपसी सत्रु हुन्। अभाव चुहिने भाँडोभित्र थुनिएको , त्यसैले जतिनै भर्न खोजेपनि यो चुहिनै रहन्छ।
अभाव कसैले रोक्न सकिने चिज होइन यो एकचोटी एक रुपमा उछ त्यसको पुर्ति हुनेबित्तिकै अर्को रुप धारण गरेर अभाव पुन: उछ
यो क्रम अनन्तसम्म निरन्तर चलिरहन्छ। अभाव अभावकै कारणबाट उत्पन्न हुने समस्या हो यहाँ अनेक वस्तुको अभाव तर अभावकै अभाव कहिले हुने होला !!!!!
हरेकको इच्छा अग्निस्थापनाको मन्त्र सापटी लिनेहो भने ~ "अभावाय स्वाहा" अत्रप्रोणितोदकस्पर्श:


बलेटक्सार गुल्मी, २०६३ साउन गते


लज्जावती स्वप्नप्रेमिका

लज्जावती स्वप्नप्रेमिका ( शार्दूलबीक्रीडित )
हाम्रो भेट अचम्म एक पलको मात्रै थियो तैपनि  ,
बस्ने भो अमिटै बनेर मनमा मेटिन्न कैलै पनि ।
तिम्रो वर्णन गर्न शब्दहरुकै कम्ती छ संसारमा,
मात्रै भन्न म सक्छु सुन्दर सबै सर्वाङ्ग तिम्रो अहा ।१।
लज्जाले निहुरी र रक्तिम बने ती ओठ गाला सबै,
केही शब्द फुटेन बोल्न नसकी काँपीरहेकी अझै ।
उस्लाई अब अङ्कमाल म गरी चुम्दै नछोडौँ कित,
आहा एक विचित्र विश्व अलगै टुकेर पृथ्वीसित ।२।
धेरै लाज नमान हेर दुनीया कस्तो छ रङ्गीन यो,
हाम्रो जीवन द्वी दिने लहर हो बाँकी इतिहास हो ।
साँच्चै यौवनको बहार अनि लौ छोटो छ यो जिन्दगी ,
केही धुक्चुक राख्नु मनमा यो बैश फर्कन्न नि ।३।
बुढ्यौली जब लाग्छ स्याउसरिका गाला नि मुज्जा परी,
तिम्रो सुन्दरता र नम्रपन यी पाइन्न खोजी गरी ।
बेलामै उपहार चिन्नु प्रियसी चाहा र इच्छाहरु,
आकांक्षा अधुरा रहेर नमरौँ भन्दैछु लौ के गरुँ ।४।
यस्तो मान नखोज आउ नजिकै के जन्म भो भार झैँ,
तिम्रो लाज र चाल मिल्छ सहसा लज्जावती झार झैँ ।
लाजैले जब ढाक्छ खुल्न नसकी लज्जावती झारको,
व्यर्थै जान्छ लुकी-छिपी दिनसबै लज्जा छ बेकारको ।५।
चेहेरा जब चाउरिन्छ कसले चुम्ला र माया गरी ,
कालो केश फुलेर पाक्छ तन त्यो खुम्चिन्छ बेला टरी ।
त्यो बेला हुनुपूर्व सोच अहिलै बग्दो छ यो जिन्दगी,
खोला बग्दछ फर्किदैन कहिलै रोएर जिद्दी गरी ।६।
जानेकी त तिमी तथापि नबुझी यो लाज मान्छ्यौ किन ,
हाम्रो जिवन बैश जोवन खुशी घट्दै छ जो दिन्दिन ।
मैले भन्छु रमाउ फुट्छ जलको फोका न हो जिन्दगी,
रोएरै पनि पाइदैन सुख ती यो देह फाटेपछि ।७।
१६ श्लोकको कविताबाट सम्पादित , २०६४ सालमा लेखिएको

Thursday, February 9, 2012

Cactus Cant be Paired with Rose

Cactus Cant be Paired with Rose


Great Riddle, The sun welcomed her or she welcomed the sun,
Anyway when I saw an angel , submerged in extreme fun.


The mirror as the piece of alysium ~ Elegant smiling face,
Looking from back , there is dainty every one could guess .





Flow of feelings as she touched my hand , deliberately I enlarged my finger,
I watched her till my eyes could see, though I heard a deep whisper .


I cant fetch her in my  real life , really I am unable because 
As she looks sprouting bud , Cactus cant be paired with Rose ...    




2066-01-13, Kalanki Kathmandu



Friday, February 3, 2012

मैले कविता लेख्न सकिन

मैले कविता लेख्न सकिन

परीक्षाको चापमा मध्यरातसम्म पढेपछि बोझ मस्तिष्कलाई
सान्त्वना दिन किताब थन्काएर डायरी झिकेँ !
आँखा वरिपरी हिसाब घुम्न थाले,
समस्यै समस्याले दिमाग रन्कियो ,
सङ्गै बजेको रेडियो बन्द गरेर कविता सोच्न थालेँ ।
अँह ! कविता फुरेन ~ स्वतन्त्र भए पो कविता आउछ पानीको मूलमा झै !
कोल्टो फर्किएँ , झनै आएन !
बत्ती निभाएर डायरी हुत्याएँ ,
मैले कविता लेख्न सकिन !!


२०६५ कार्तिक , कलङ्की काठमाण्डौ