गजल
पिरतीमा के गर्नु र कुरा स्वार्थ
घातको !
रिसाएर एक्लै हिड्ने नरमाइलो
मातको !
यो मनको कुरा सबै तिमीलाई थाहै
छ नि,
के बयान गरु र म पत्रका ती खातको
!
सारै स्वच्छ मन तिम्रो पूर्णिमाको
जुनजस्तै,
जुनसंग मितेरी छ पूर्णिमामा रातको
!
फूललाई रोज्छन् सबै स्वार्थी
यो दुनीयामा,
मुल्य छैन कही पनि काँडा अनि
पातको !
सधैभरि साथ दिई मिलेर बसौँ हामी,
सधै यस्तै चाहना छ सबिन प्रभातको
!
बलेटक्सार गुल्मी ,
२०६२- २- २५