जीवन भरी मिठो माया तिमीलाई प्यार मेरो ।
तिमीसंगै सजाउँछु अब घरबार मेरो ।।
जिन्दगीमा सधैभरि साथ तिम्रो पाएँ भने ।
संसार जित्न सक्छु मैले हुनेछैन हार मेरो ।।
आशा छ ज़िन्दगीका हर मोडमा साथ दिन्छौ,
तिम्रै हातमा थमाइदिएँ सुनौलो संसार मेरो।।
२०७४ जेठ

Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Oh god what a great great surprise,The one who smiles like that beautiful Sunrise.Full-Moon face, though rough & random,I see a very very pretty Fairy - in the next home...
Everything I see entirely elegant,
Yet, her sentiments are poignant.
Her blinking eyes are always awesome,
I see a very very pretty Fairy -
in the next home...
Finding no apt word to define her,
Saying her an Angel, I don't prefer.
No exaggeration, simply she's an ultraviolet spectrum,
I see a very very pretty Fairy -
in the next home...
Baishakh 2067, Kalanki - KTM
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
गजल
छ यो जून उस्तै, छ यो घाम उस्तै ।
यहाँ प्रेममा घाउका डाम उस्तै ।।
तिमीसंग तिम्रो शहर् बद्लियो रे,
म उस्तै छु साथी र छन् गाम उस्तै ।।
डुलेथेँ जहाँ भेट हुन्थ्यौँ तिमी म,
नयाँ पात्र देखेँ छ त्यो ठाम उस्तै ।।
बिलाएर सीता न फर्किन् अयोध्या,
कठै शून्यतामा रह्यो राम उस्तै ।।
मनैभित्र बस्थ्यौ तिमी मुस्कुराई,
जसै निस्कियौ बल्झिने नाम उस्तै ।।
रुक्न : फऊलुन् ×४
[ बहर : मुतकारिब, छन्द : भुजंगप्रयात ]
२०७३ पुष, रारा ताल मुगु
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
गजल
तिमी बाहुलीमा हुँदा बढ्छ माया ।
अझै टाँसिऊँ है छुँदा बढ्छ माया ।।
म बैना गरी दिन्छु जाले रुमाल,
सधै साथ राखे धुँदा बढ्छ माया ।।
छचल्किन्छ छुट्दा भिजाई परेला,
नरोकेर रोऊ रुँदा बढ्छ माया ।।
यिनै शब्द मेरा र झंकार तिम्रो,
यहीँ गीत गुञ्जाउँदा बढ्छ माया ।।
२०७३ पुष २२, शुक्रबार
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
गजल
गाग्रीभरि जवानी थ्यो कोखिल्लामै छल्यो कि त ।
चिप्लो चिप्लो बाटो थियो यात्रा कतै ढल्क्यो कि त ।।
आँखा जुध्यो लजाउदै फर्किफर्की हेरेकि हौ,
रातिपख कल्पनामा आकृति यो झल्क्यो कि त ।।
भरि गाग्री पानी बोक्दा आँखाभरि प्यास थियो,
मुस्कुराउदै गएकि हौ मनमा माया सल्क्यो कि त ।।
दुई घुट्की पानीसंग चार घुट्की मुस्कान त्यो,
तातोतातो संवादले कोमल मन भल्क्यो कि त ।।
पर्सीपल्ट फर्कदा नि त्यै धारामा पर्खुँला म,
नसोच्नु है घरिघरि आउछ मोरो पल्क्यो कि त ।।
२०७३ मंशिर
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
मुस्कुराउदै आऊ तिमी रात पनि दिन बन्छ ।
सबैकुरा भरिपूर्ण भएको "सविन" बन्छ ।।
जीवनका अनगिन्ती कष्टकर यात्राबिच,
खुशीयाली भरिएको प्रेमिल 'एकछिन' बन्छ ।।
अलिअलि ओठ टोक्दै अनुहार झुकाएर,
लजाउँछ्यौ तिमी जब चट्टान मिहिन बन्छ ।।
तड्पिएको मनसंगै भड्किएको अवस्थामा,
थामिदिनु हात अनि "प्रभात" शालीन बन्छ ।।
२०७३ मंशिर १९
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
खाडीको क्रन्दन (शार्दूलवीक्रीडित)
खाडीको धुपले बुझेन दुख यी घाँटी सुकाए पनि ।
ए प्यारी नचुहाउनू नयनमा बाढी लुकाए पनि ।।
बेचिन्छन् सपना शयौँ प्रहरका निद्रा जुटाईकन ।
मान्छे मानवयन्त्र बन्छ कि म झैँ बिर्सेर आफ्नोपन ।१।
पुर्खाले जति जे दिए नियतिले बेचेर खाएपछि ।
खाडीमा मन भड्कियो समयले टुंगो नलाएपछि ।।
छन् डल्ला सुनका टिपेर सजिलै फर्कन्छु झैं लाग्दथ्यो ।
छानो टाल्छु बनाउदै घर नयाँ इच्छा सधै जाग्दथ्यो ।२।
प्यारीको गहना गयो श्रम गयो गै गो जवानी पनि ।
आएनन् सुखका बहार कहिलै पीडा अचाक्ली छ नि ।।
आमाको मन दुख्छ सुक्छ गहमै शोकाश्रु रातै दिन ।
हाम्रो भाग्य कठै रचिस् रगतले पापी विधाता किन ??
ताते हिँड्न सिकाउथेँ थिरिथिरी छोरो दगुर्ने भयो ।
फड्क्यो वर्ष यसै यहाँ प्रगतिको गिन्ती पुरानै रह्यो ।।
साँचेका फरिया यतै खुइलिए आमा र प्यारी कठै !
साँच्चै अन्त्य हुँदैन हो कि घरमा यो दुर्दशाको कतै ??
ताजा याद अझै छ प्रेम रसिलो संकोच थोरै यता ।
तिम्रै तस्बिर बल्झँदैछ मनमा प्यारी नरोऊ त्यता ।।
टिक्दैनन् शशि सूर्यमा ग्रहणका धर्सा अवश्यै पनि ।
कालो बादल फाट्छ हेर नभको आभा सुनौलो बनी ।५।
२०७३, राराताल मुगु
....
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
रुन्छ कविता (शिखरिणी छन्दमा)
सँगालेका सारा अनुभव चुहिन्छन् जब जब
कसो गर्ने भन्दै मन-मगज घुल्छन् विष तब ।
छ मानौँ अैाँशीको ग्रहण पटमा लुप्त सविता
तिमी हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
कठै पैसा रोज्दै मृत रहर बेच्दै किन किन
डुलेका देखिन्छन् शहरतिर कोही प्रतिदिन ।
बजारीया गल्ली वरपर चलेकै छ रमिता
म हाँसे पो हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
निराशामा आशा जलन बनी दन्क्यो दनदनी
विदेशी माटोमा मथिँगल घुमेको फनफनी ।
भएका छन् टाढा समय गतिले पुत्र र पिता
मुमाका आँखा ती टिलपिल हुँदा रुन्छ कविता ।।
…………
मसी झैँ आँखाका जल पनि बगे यी हरफमा ।
मुना के फ्रक्रन्थ्यो नवकुसुमका शुष्क फलमा ।
सुजा श्रेया सन्ध्या सुमन सुनिता खिन्न समिता
यिनै हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
सिन्धुली, २०७२
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…