Sunday, October 23, 2011

यात्रा

 यात्रा  (मन्दाक्रान्ता)

यसको भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोस्

मेरो यात्रा प्रगतिपथको ठेसले रोकिदैन
मेरो बाटो गडड असिना घामले छेकिदैन
फोडी चट्टान पिपल कयौ कापमा उम्रिए झै
यात्रा सङ्हर्ष छ सहज यो हुन्न सम्रिध्ध आफै।।

काडाभित्रै कटुस फल ती छन् हिलोमै सरोज
ठूलो उद्येश्य छ यदिभने उत्तिकै हुन्छ बोझ
कालो रात्री बितिकन सबै बल्ल प्रभा सुनौला

भड्खाला ठेस कठिन शयौ पार गर्नेछु खौला।।

पोल्दा पोल्दै सुन जति डढ्यो तेजिलो बन्छ राम्रो
अप्ठ्यारा पार गरिकन नै यात्रा बढ्ने छ हाम्रो
कैले खोला अनि मरुभुमि पार गर्दै अगाडि
नौलो यात्रा शुरु भयिसके फर्कदैनन् पछाडि।।


काडाबाटै म्रिदुललतिका फूल फूल्ने गुलाफ
आस्था यस्तो अडग छ यहा बन्छ पानी नि बाफ
टाढा गन्तब्य छ नजिकमै अल्झिए पूर्ण हुन्न
सानो ढिलो कदम गतिको बेगले चन्द्र छुन्न।।


झन्टा बाधा पथभरि हुने खुड्किला पार गर्दै
यात्रा बढ्ने समय रथको चालमा चाल भर्दै
बाटो ज्यादै भिर किन नहोस् पार गर्ने छु चाडै
यात्राबाटै अतिशय बडा पार हुन्छन् पहाडै।।


लाजिम्पाट, काठमाण्डौ


No comments:

Post a Comment