Sunday, October 23, 2011

शिर्षक (शार्दूलबिक्रीडित)

शिर्षक (शार्दूलबिक्रीडित)

राति सोच-बिचारमा रुमलिएँ लेखौँ कि केही भनी
सोचेँ राष्ट्रियता र राष्ट्रहितका सिद्धान्त मैले पनि
सोचेँ उन्नतिमार्गका पनि कुरा बाटो बिजुली कयौँ
टाढा दुर्गम अन्धकार विचमै बस्ती अझै छन् शयौँ ।।१।।

सम्झेँ क्यै इतिहासबाट घटना ब्याख्या गरौँ झै भयो
लाग्यो लेख्नु त वर्तमान छ भने त्यो भूत के अर्थ भो
ठाने उद्यमशीलता समयको हो माग नेपालमा
हामि ऐजरु झैं भयौँ यदि भने को खोल्छ उद्योग याँ ।।२।।

आँखा चिम्म गरेर व्यग्र मनले दौडाउँदा लेखनी
सोच्दैमा पनि मध्य रात चढिगो फुर्दैन खै तैपनि
के लेखौँ त भनेर घोत्लीइ रहेँ तै मध्यरातीतक
मैले पाइन लेख्न आज कविता राम्रो कुनै शिर्षक ।।३।।

सबिन ज्ञवाली 'प्रभात'

No comments:

Post a Comment