Monday, November 10, 2025
चतुश्लोकी भागवत : सुमिरन
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Friday, October 24, 2025
रोइला भजन : काले कृष्ण मोराले
गोपीहरू न्वाउन थाल्दा सारी लुकाइदिने ।।
कालेकृष्ण मोराले
धुरुक्कै रुवायो- यशोदाका छोराले, कालेकृष्ण मोराले ।।
निदाएका बालबच्चा चिमोटेर रुवाउने । २।
कालेकृष्ण मोराले……
राति उठ्ने, दु:ख दिने जे पायो त्यैं खाने ।
पौडीमा छन् ग्वालबाला - धानको बीउ गाईलाई,
गाउँभरिका गुनासोले टाउको दुख्छ माईलाई ।।४।।
कपडामै पिसाब फेर्न कत्ति नलजाउने ।६।
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Thursday, August 14, 2025
गण्डकी महिमा
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥
अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥
खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥
कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥
दामोदरं तथा स्थूलं मध्ये चक्रं प्रतिष्ठितम् ।
पूर्णद्वारेण सङ्कीर्णा पीतरेखा च दृश्यते ॥२१॥
छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥
कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटिविनाशनः ॥२७॥
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥
श्री भविष्योत्तरपुराणे श्रीकृष्णयुधिष्ठिरसंवादे गण्डकीमाहात्म्ये शालग्रामस्तोत्रम् सम्पूर्णम् ।।
यस्तो परमपवित्र गण्डकी क्षेत्रभित्र जन्मन वा बस्न पाउनु हाम्रो अहोभाग्य हो । यही पावन धरामा जन्मेर पनि कालीगण्डकीको महत्त्व बुझ्न नसकेका हामीहरू आफ्नो सुगन्ध पत्ता लगाउन नसकेर भौतारिने कस्तुरी जस्तै भएका छौँ । यिनको थोरै मात्र पनि महत्त्व बुझेर अनुशरण गरियो भने सर्वेश्वर भगवान् शालग्रामका कृपाले हाम्रो जीवन धन्य र मृत्यु सार्थक हुनेछ भन्ने ध्येय अनि रूरू हृषिकेश भगवानको प्रेरणाबाट सबै स्थानीयबासीको जनजिब्रोमा सजिलै भिज्न सकोस् भनी गुल्मीमै जन्मिएको 'रोइला' लोकभजनको भाकामा केही शब्दरूपी पुष्पमाला उनै माता कालीगण्डकीका चरणकमलमा सभक्ति अर्पण गर्दछु । शुभमस्तु 🙏 🕉️
कालीगण्डकी महिमा (रोइला भजन)
नारायणको गालाबाट भयो यात्रा सुरु ।१।
गण्डकीको महिमा - छैन केही सीमा - गण्डकीको महिमा…छैन केही सीमा - गण्डकीको महिमा… छैन केही सीमा - गण्डकीको महिमा


Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Saturday, July 5, 2025
ब्रह्माण्ड मेरो घर
ब्रह्माण्ड मेरो घर (शार्दूलवीक्रीडित छन्द)
सारा मानव बन्धु हुन् जगतका प्राणी सबै हुन् सखी ।
यो हावा अनि वृक्षपात लहरा संकीर्ण बन्दैन कि !
कालो धुल्मुल स्वार्थ छैन मनमा के जात वा के थर ।
यौटा योग्य सदस्य बन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।१।
खुम्चाई मन खुम्चिदैन अधुरो सीमा बनाए पनि ।
रोकी रोक्न सकिन्न बेग जसको पर्खाल लाए पनि ।।
हत्केला अनुहारको अघि लगी के सूर्य छेकिन्छ र ?
यस्ता अल्मल दृष्टिदोष नरहून् ब्रह्माण्ड मेरो घर ।२।
गर्दैनन् किन भेदभाव जलले हावा तथा मेघले ?
छर्छन् रश्मि समान विश्वभरमा ती चन्द्रमा सूर्यले ।।
मेरो सोँच खुला भयो यदि भने कोही हुँदैनन् पर ।
भित्री चक्षु खुलोस् सधै हृदयको ब्रह्माण्ड मेरो घर ।३।
साझा यी धरणी अनन्त यिनमा निर्जीव वा जीव छन् ।
साझा भौतिकतत्व जीवन दिने जो फेरि यैँ मिल्दछन् ।।
आत्मा यो परमात्ममा जब मिल्यो शालीन को हुन्न र ?
बाँचुञ्जेल लुछाचुँडी किन सधै? ब्रह्माण्ड मेरो घर ।४।
आस्थाका कणमा खिया यदि परे सन्ताप दिन्छन् यिनै ।
मान्छेको मन यो खुला जति रह्यो अट्छन् खुशी उत्ति नै।।
मायाको वशमा पर्यो मन भने संसार भो जर्जर ।
मायामाथि उठेर भन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।५।
सेवा भाव रहून् सदैव मनमा प्राणान्त बन्दा पनि ।
स्वार्थी सोंच हटेर बन्छ भवमा समृद्ध यो जीवनी ।।
पक्कै मिल्छ खुशी हुँदैन जडमा - चैतन्यमा नै तर ।
मैले भेट्न सकूँ अनन्त सुखमा ब्रह्माण्ड मेरो घर ।६।
[रारा ताल मुगु, २०७३]
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Wednesday, July 2, 2025
बुर्किनाफासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको प्रख्यात मन्तव्य
BBC, CNN, France24 म तिमिहरुलाई हेरिरहेको छु। म तिमिहरुको सबै झुटहरु बताईरहेको छु। म ईब्राईहिम ट्राओरे, र म आज तिमिहरुको नकाव उतार्न लागिरहेको छु।
हो, तिमिहरुले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमिहरुले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमिले खतरनाक तानाशाहका रुपमा ब्राण्डिङ गर्यौ। जसलाई तिमिहरुले पश्चिमा जगतको बिरोधी शासकका रुपमा उभ्यायौ।
म आज सत्य सुनाउन चाहन्छु, र यो पटक तिमिहरुले माईक बन्द गर्न सक्दैनौ। यो पटक तिमिहरुले क्यामेरा हटाउन सक्दैनौ। यो पटक तिमिहरुका सम्पादकले यो भासन काट्न सक्दैनन्।
किनभने अब त्यो संसार रहेन, जसमा तिमिहरुको एकाधिकार थियो। अब करोडौँ मानिसहरुले यो आवाज सुन्नेछन्। तिमिहरुको सम्पादनबाट गुज्रिएर होईन, तिमिहरुको झुटमा बेरिएर होइन, तिमिहरुको फोहरमा लत्पतिएर होईन। म ३४ बर्षको भएँ। मैले मेरो जिवनको हरेक दिन तिमिहरुको झुटमा बिताएको छु। बाल्यकालमा टिभिमा अफ्रिका देख्थेँ। सँधै त्यही तस्विरहरु : झिंगाले घेरिएका बच्चाहरु, खडेरिग्रस्त जमिन, हतियार, युद्ध, भोकमरी, मृत्यू। यहि अफ्रिका हो भनियो र त्यसैलाई बिस्वास गरेर बसियो। हामी लज्जित थियौँ आफैसंग, हामी आफ्नै भुमिप्रती लज्जित थियौँ, हामी आफ्नै नागरिक प्रती लज्जित थियौँ। तर म जब हुर्किएँ, पढेँ, रिसर्च गरेँ र प्रश्नहरु गर्न थालेँ तब मैले बुझेँ तिमिहरुले देखाएको अफ्रिका सत्य थिएन, तिमिहरुले कथा बनाएर सुनाएको कुरा झुट थियो। बर्षौँसम्म तिमिहरुले आफ्नै स्क्रीप्ट बनाएर अफ्रिकालाई कुरुप देखायौ। हरेक समय उहीँ र उस्तै कथा सुनायौ, देखायौ। तिम्रो अफ्रिकाको शब्दकोषमा कुनै आशा छैन, कुनै बिकास छैन, कुनै प्रगती छैन, कुनै बिद्रोह छैन, कुनै नैतिकता छैन र गर्वको ईतिहास छैन न त कुनै बिजयको ईतिहास नै। त्यसैले म सोध्न चाहन्छु, न्युयोर्क टाईम्स, वाशिङ्टन पोस्ट, गार्जियन तिमिहरुले कहिल्यै अफ्रिकाको सफलतालाई आफ्नो हेडलाईन बनायौ? अफ्रिकाको प्रविधिका बारे कति पटक लेख्यौ? ईथियोपियाको रिफरेस्टेशनका बारे कति पटक देखायौ?
यो शक्तिशाली भासण हो अफ्रिकी मुलुक बुर्किना फासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको । उनलाई यतिखेर सिंगो अफ्रिकी महादिपका लागि उदियमान लिडरका रुपमा चित्रीत गर्ने गरिएको छ भने पश्चिमी बिश्वले उनलाई सबैभन्दा ठूलो खतरा मानिरहेको छ।
बुर्किना फासो सन १८९६ बाट सन् १९६० सम्म फ्रान्सको उपनिबेश रह्यो। सन् १९६० मा औपचारिकता स्वतन्त्रता प्राप्त गरे पनि फ्रान्सले आफ्नो हस्तक्षेप कहिल्यै हटाएन। देशको अर्थतन्त्र , प्राकृतिक सम्पदा, राजनिती र सुरक्षा जस्ता बिषयमा फ्रान्सले सँधै निर्णायक भुमिका खेलिरह्यो। बुर्किना फासो सुनका लागि प्रसिद्ध छ तर देशका सुनखानिहरुमा फ्रान्सको मनोमानी चल्थ्यो। सुन उत्खनन् गर्ने, प्रशोधन गर्ने र अन्तर्राष्ट्रिय बजारमा लैजाने काम फ्रान्सेली कम्पनिहरुको थियो। बुर्किजहरु सस्तो मजदुर बाहेक अरु हैसियतमा थिएनन्। फ्रान्सले आफ्नो अनुकुलको सत्ता निर्माण गर्थ्यो। सुरक्षाका नाममा आफ्ना सैनिकहरु तैनाथ गर्थ्यो। जसले गर्दा स्वतन्त्रताको लामो समयसम्म पनि राज्यमा चरम गरिबी, भ्रष्टाचार, अन्याय, भोकमरी र राजनैतिक अस्थिरताको अबिराम दुस्चक्रमा फसिरहेको बुर्किना फासोको यो अवस्था सँधै टिकिरहन सम्भव थिएन। सन् २०१० तिर जनताहरु संगठित हुँदै यी सारा बेथितिका बिरुद्ध आन्दोलित हुन थाले। जसले गर्दा राजनैतिक अस्थिरता थप चुलियो। त्यही अस्थिरता निरन्तर चलिरहँदा सन् २०२२ जनवरिमा सेनाले सत्ता हातमा लियो। तर नयाँ सैन्य शासकले पनि देशको अवस्थामा आवस्यक परिवर्तन गर्न सकेनन् र सेनाभित्रै असन्तुष्टि बढ्दै गयो। फलस्वरूप फेरि सन् २०२२ को सेप्टेम्बरमा अर्को सैन्य कु भयो र यो पटक भने सैन्य क्याप्टेन इब्राहिम ट्राओरेलाई देशको नेतृत्व गर्ने जिम्मा दिईयो। यहि बिन्दुबाट बुर्किना फासोको नयाँ ईतिहास प्रारम्भ भयो।
नेतृत्व सम्हालेपछी ट्राओरेले लगातार देशका लागि आवस्यक कदम चाल्न थाले। बिश्वलाई नै तरंगित बनाउने उनको सबैभन्दा महत्वपुर्ण निर्णय थियो फ्रान्ससंगको रक्षा सम्झौता खारेज गर्ने। यहि सम्झौताका आधारमा फ्रान्सले दशकौँदेखी अप्रत्यक्ष उपनिबेश चलाईरहेको थियो। सन् २०२३ जनवरिमा यो निर्णय गर्दै उनले फ्रान्सेली सेनालाई १ महिनाभित्र देश छोडेर जान अल्टिमेटम दिए। उनको दृढताका सामु फ्रान्सको केही लागेन र उसले आफ्ना सेना फिर्ता लियो। त्यस संगै उनले चीन, रुस, टर्की जस्ता देशहरुसंग नवीन सम्झौता गर्दै सैन्य सहायता लिए, आफ्ना सेनालाई सैन्य तालिम दिलाए, हतियार ब्यबस्थापन गरे। राजनैतिक स्वतन्त्रताका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी हुन्छ भन्ने बुझेका ट्राओरेले देशका सुन उद्योगहरुमा देशको नियन्त्रण रहने कदमहरु उठाए। आफैले सुन उद्योगहरु संचालन गर्ने र निर्यात गर्ने बन्दोबस्त गरे। बिदेशी कम्पनिहरुको खानी अनुमती रद्ध गरे। अघिल्लो बर्षको अगष्टमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले गरेको ऋण सहायताको प्रस्तावलाई अस्विकार गरिदिए। जसले आफ्नो देशलाई बाह्य शक्तिहरुको आर्थिक जालो (Economic Trap) बाट बचाउने अभियानको शुरुवात गर्यो। उनले खाद्य संकटबाट बाहिर आउन निशुल्क कृषि उपकरण बितरण, उर्जा संकट टार्न चिनको सहयोगमा सौर्य उर्जा केन्द्र, रुसको सहयोगमा आणविक उर्जा केन्द्रको स्थापना गर्ने सम्झौता गरे।
इब्राहिम ट्राउरे मुख्य रुपमा पुँजिवादी र औपनिबेसिक विश्वका बिरुद्धमा छन्। यहाँ प्रस्तुत उनको भासन अफ्रिकी मुलुकहरुमा भईरहेको प्राकृतिक स्रोतहरुको शोषण तथा नव उपनिवेशका बिरुद्ध लक्ष्यित छ। उन्को यो अभिब्यक्ती केवल राजनैतिक भासन मात्र नभएर अफ्रिकी मुलुकहरुको साझा पीडा, आक्रोस, आशा तथा अपमानहरु बिरुद्धको प्रतीक हो। पश्चिमी संचार माध्यमहरुले अफ्रिकाका बिरुद्ध अपमान पुर्ण तस्विर निर्माण गरेको, समाचारहरु तोड्मोड गरेर प्रस्तुत गरेको आरोप लगाएका छन्।
ती तिनै संचार माध्यम हुन् जसले बिश्वलाई अफ्रिकी मुलुकहरुको यस्तो तस्विर देखाए जहाँ रुग्न र फोहरी शरीर भएका केटाकेटी, नाङ्गै भुतुङ्गै देखिने गरिब मानिसहरु, भोकमरी ग्रस्त मगन्तेहरु, एक छाक खानका लागि हतियार बोकेका बालबालिकाहरु, खडेरिग्रस्त सुक्खा र फुस्रा पाखाहरु मात्र छन्। हर कोहि सामान्य मान्छेले अफ्रिका भन्ना साथ हाम्रो दिमागमा आउने तस्विर यहि नै होला सायद।
ट्राओरे सोध्छन्, "यति धनी अफ्रिकालाई कसरी गरिव बनाएर राखियो?"
अफ्रिका त्यो ठाउँ हो जहाँबाट बिश्वको ७० प्रतिशत कोवाल्ट आउँछ। कोवाल्ट त्यो चिज हो जसको अभावमा हाम्रा कुनै पनि बिद्युतिय सामान (मोबाईल, ल्यापटप, बिजुलिबाट चल्ने गाडी) हरु बन्दैनन्। तर बिडम्बना कोवाल्ट उत्खनन् गर्ने मजदुरहरु एउटा मोबाईल खरिद गर्न सक्दैनन्। बिश्वको ९० प्रतिशत प्लाटिनम दक्षिण अफ्रिकाबाट आउँछ तर त्यहाँको मानिसहरु बेरोजगारिको सिकार छन्। बिश्वको ३० प्रतिशत सुन अफ्रीकी महादिपबाट आउँछ तर संसारलाई सुन दिने त्यो महादिप गरिबिको चपेटामा छ। संसारमा सर्वाधिक महंगो हिराको कुल खपतको ६५ प्रतिशत अफ्रिकी मुलुकहरुबाट आउँछ तर त्यहाँका मजदुरहरु दैनिक १ डलर पाउन संघर्षरत छन्। संसारका ठुला शहरहरु उज्यालो बनाउने बिजुली उत्पादनमा प्रयोग हुने युरेनियमको ३५ प्रतिशत हिस्सा अफ्रिकी मुलुकबाट आउँछ तर त्यहि अफ्रिका अँध्यारो छ।
यसरी अफ्रिकालाई सँधै पश्चिमी बिश्वको आँखाबाट हेर्दा देखिने जुन दृष्य थियो त्यो दृष्य ट्राओरेको राष्ट्रबादी कदमहरुले क्रमशः भत्काउन थालेको छ। अफ्रिका त्यो महादिप हो जो सबैभन्दा सम्पन्न बन्ने हैसियत राख्दछ तर उपनिबेशबादले आजसम्म सबैभन्दा पिछडिएका मानिसहरु बस्ने थलो बनाईदियो।
ट्राओरेको उदय भएको केवल ३ बर्ष हुन लाग्यो। उनले सिंगो अफ्रिका महादिपलाई नयाँ क्षितिज देखाईरहेका छन्। नेतृत्वमा तागत भए समय धेरै नलाग्दो रहेछ। तर डर यो छ कि ट्राओरे अर्को क्रीस हनि नबनुन्।
समर्थकहरुले Che Guevara of South Africa उपनाम दिईएको इब्राहिमलाई राष्ट्रवादी सलाम।
सन्दर्भ सामग्रीहरु : बिश्वघट्ना, विकिपिडिया, ChatGpt
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Tuesday, June 24, 2025
अकण्टक भावना (शिखरिणी छन्द)
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Saturday, June 21, 2025
छन्द कविता : प्रेम
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Saturday, June 14, 2025
मेरो शैक्षिक यात्राको एक अविस्मरणीय अध्याय : विकासचन्द्र खरेल
शैक्षिक सेवाको एउटा लामो अध्याय टुंगिदै गर्दा मनमा अनेक भावनाहरु उर्लिरहेछन - गर्व, नम्रता, आत्मसन्तोष र गहिरो कृतज्ञता।
वि.सं. २०५७ सालमा मैले श्री सरस्वती मावि, लिम्घाबाट स्वेच्छाले सरुवा भएर श्रृङ्गा जनता माध्यमिक विद्यालय, छत्रकोट ४, गुल्मीमा विज्ञान विषयको अस्थायी शिक्षकको रुपमा प्रवेश गरेको दिन आज पनि मेरो मानसपटलमा ताजै छ। त्यो दिनदेखि र २०७२ साल वैशाखदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्दै यस संस्थाको उन्नयन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मैले सक्दो प्रयास गरें। आज म यो पत्रमार्फत मेरो बिदाइको घडीमा केही शब्दहरु लेख्दैछु—शुभेच्छा, कृतज्ञता र सम्झनाका स्वरुपमा।
शिक्षण र नेतृत्वको समर्पित यात्रा
शिक्षकको भूमिकाबाट सुरु भएको मेरो यात्राले मलाई विद्यालय प्रशासनको गह्रौं जिम्मेवारीसम्म पुर्यायो। २०६० सालमा स्थायी शिक्षकको रुपमा नियुक्त भएपछिको समयमा मैले विद्यालयको पाठ्यक्रम, पठनपाठन, अनुशासन र विद्यार्थीको समग्र विकासमा ध्यान केन्द्रित गरे। शिक्षण मात्र होइन, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास पनि सँगसँगै चल्यो।
२०७२ साल वैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि मैले विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक वातावरणसम्मलाई सुधार गर्ने योजनासाथ अगाडि बढें। कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, शौचालयलगायतका पूर्वाधारमा सुधार ल्याउँदै समावेशी र समसामयिक शिक्षाको अभ्यास गर्न निरन्तर लागिरहें। शिक्षण सिकाइमा नवप्रवर्तन, शिक्षक तालिम, अन्तरक्रिया, योजना निर्माण र मूल्याङ्कनका प्रणालीहरु कार्यान्वयन गर्न सकेकोमा गर्व लागेको छ।
सधैंको साथ, सहयोग र सद्भाव
यो सम्पूर्ण यात्रामा मैले कहिल्यै आफू एक्लो महसुस गर्नुपरेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह, राजनीतिक नेतृत्व, पत्रकार, समाजसेवी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको निरन्तर साथ, सहयोग र सद्भावले मलाई अघि बढ्न साहस, प्रेरणा र आत्मबल प्रदान गर्यो।
विशेष गरी पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र कंडेलज्यू र उहाँको टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको दूरदर्शिता, शिक्षाप्रतिको अटल निष्ठा, र कार्यान्वयन क्षमताले श्रृङ्गा जनता मा वि लाई फरक पहिचान र उदाहरणीय शैक्षिक केन्द्र बनाउने दिशामा ठोस पाइला चाल्न सहयोग पुगेको छ। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, एसईई नतिजा, भौतिक पूर्वाधार र सामाजिक सहभागिता जस्ता पक्षमा देखिएको प्रगतिको श्रेय उहाँको नेतृत्व र समर्पित टीमलाई जान्छ।
नयाँ यात्राको प्रारम्भ
छत्रकोट गाउँपालिकाको निर्णयअनुसार म हिजो आदर्श माध्यमिक विद्यालय, दिगाममा सरुवा भई हाजिर भइसकेको छु। यो निर्णय मैले बाध्यतमक रुपमा आत्मसात गर्दै, नयाँ परिवेशमा पनि पूर्ववत् निष्ठा र समर्पणका साथ काम गर्ने अठोट लिएको छु। सरुवा एउटा प्रक्रिया हो—व्यक्तिगतभन्दा बढी संस्थागत हितका लागि गरिएको व्यवस्था। तर श्रृङ्गा जनता मा वि मा बिताएका यी करिब २५ वर्ष मेरा जीवनका अमूल्य अनुभव, शैक्षिक साधना र मानवीय सम्बन्धहरुको गाथा हुन्।
शिक्षक हुनु केवल एउटा पेसा होइन, यो त समाज परिवर्तनको मेरुदण्ड हो। र, म गौरवका साथ भन्न चाहन्छु—श्रृङ्गा जनता मा वि मा बिताएको मेरो शिक्षकीय जीवन पूर्ण रूपमा उद्देश्यपरक, सृजनात्मक र प्रेरणादायी रह्यो। मैले यहाँबाट केवल ज्ञान बाँडेँन, मैले आफैँ पनि असीम माया, आदर र जीवनोपयोगी अनुभवहरू पाएँ।
बिदाइ होइन, नयाँ सम्बन्धको सुरुवात
आजको यो सन्देश बिदाइ मात्र होइन, यो सम्बन्धको निरन्तरताको प्रतीक पनि हो। म जहाँ भए पनि श्रृङ्गा जनता मा वि का प्रत्येक व्यक्तिसँग मेरो आत्मीयता, स्नेह र सधैंको सद्भाव रहनेछ। विद्यालयको सफलतामा योगदान दिने सबैलाई फेरि एकपटक हृदयदेखि धन्यवाद दिन चाहन्छु—विशेषत: अभिभावकहरूप्रति जसको विश्वास र सहभागिताले हाम्रा सबै प्रयासहरू सफल बनाइरहे।
म मेरो उत्तराधिकारी नेतृत्व र शिक्षक साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु कि उनीहरूले विद्यालयलाई अझ प्रगतिशील र आदर्श शिक्षालयको रुपमा उभ्याउनेछन्।
अन्त्यमा, श्रृङ्गा जनता मा वि मेरो कर्मभूमि मात्र होइन, मेरो आत्मीयताको केन्द्र रह्यो। यहाँका स्मृतिहरू सधैं मेरो मनमा ताजै रहनेछन्। शिक्षासेवीको हैसियतमा म सधैं शिक्षा क्षेत्रमै सक्रिय रहनेछु—जहाँ भए पनि । सकेसम्म सहृदयता, निष्ठा र इमानदारीका साथ काम गर्न प्रयास गरेँ। मबाट अनावश्यक त्रुटि, कमी कमजोरी भएको भए त्यसप्रति क्षमा याचना गर्दै, आगामी दिनहरूमा पनि यहाँका सबैका शुभेच्छा प्राप्त गर्ने अपेक्षासहित यो सन्देशलाई पूर्णता दिन चाहन्छु।
शुभकामना ! जय श्रृङ्गा जनता मा. वि., जय आदर्श मा. वि., जय नेपाल !
– विकाश चन्द्र खरेल
पूर्व प्रधानाध्यापक,
श्री श्रृङ्गा जनता मा वि, छत्रकोट-४, गुल्मी
हाल: श्री आदर्श मा वि, दिगाम
वि. सं. २०८२ जेठ ३१ शनिबार
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…








