Sunday, November 27, 2011

लौ आयो नयाँ संविधान

लौ आयो नयाँ संविधान (विमल आरोही) -

आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनी ! 

सबैभन्दा पैले हामी छ सो एकका तर्फबाट स्विकार्नुस् हार्दिक धन्यवाद र बधाई । आफ्नै हातले संविधान लेख्ने हाम्रो सदियौंदेखिको चाहना इच्छा रहर र प्रतिबद्धता आज पूरा भएको छ । ३५ मैनासम्मको रातदिनको अथक प्रयास निरन्तर साधना तपस्या छलफल मेहनत र लेखनबाट आज हामी निर्धारित समयमै संविधान घोषणा गर्न सफल भएका छौं । आफ्नो दायित्व र कर्तव्य समयमै पूरा गर्न सकेकाले आज हामीलाई सारा नेपालीले अढाइ कोटी कोटी धिक्कार; माफ गर्नाेला प्रणाम गरिरहेछन् । 

हामीले तयार पारेको समावेशी दूरदर्शी सर्वमान्य र सर्वाेच्च कानुन घोषणा हुने कार्यक्रममा सबै नेपाली भर्याङहरु माफ गर्नाेला मतदाताहरुलाई ठीक १२ बजे टुँडिखेलमा उपस्थित हुन हामी ६०१ आदेश जारी गर्छाै । 
हामीले बनाएको नयाँ संविधानका केही मुख्य धारांश सबैको जानकारीका लागि देहायबमोजिम छन्:

१. संविधान मूल कानुन: यस संविधानको पालना गर्नु प्रत्येक सोझासीधा गरिब दुःखी किसान मजदुर निमुखा नेपालीको कर्तव्य हुनेछ । हामी छ सो एक सबै नेता तथा हाम्रा आफन्त भ्रष्टाचारी धनी अपराधीसँग बाझिने यस संविधानका धारा बाझिएको हदसम्म अमान्य हुनेछन् । 

२. राष्ट्र: जातीय थरीय धार्मिक साम्प्रदायिकरुपमा बाईस र चौबीस संघ तथा आठ सय जिल्लामा विभाजित एकादेश नेपाल विखण्डितरुपमा अनेक राष्ट्र हो । नेपाल धर्म निरपेक्ष तथा जात भाषा वर्ग वर्ण र लिङ्गसापेक्ष मुलुक हुनेछ । 

३. सार्वभौमसत्ता: नेपालको सार्वभौमसत्ता राजनीतिक दलका नेताहरुमा निहित हुनेछ । राजनीतिक दलको पनि एक गुट र त्यही एक गुटको पनि एक नेतामा निहित हुनेछ । जनताबाट पराजित भएकाहरुको नेताद्वारा विजित हुनेछन् ।

४. राष्ट्रभाषा: नेपालभित्र र बाहिर बोलिने सबै भाषाहरुको फ्युजन पिजिन र क्रेओल नेपालको राष्ट्रभाषा हो । परीक्षक जो पनि हुन सक्ने भएकाले विद्यार्थीले जाँचमा एकसय भन्दा बढी नै भाषामा उत्तर लेख्नुपर्नेछ । कर्मचारीको टिप्पणी न्यायाधीसको फैसला सम्पादकको सम्पादकीय कविका कविता गायकका गीतका हकमा विद्यार्थीको माथिकै नियम लागू भएको मानिनेछ । 

५. नागरिकता: जनसंख्याको दृष्टिले नेपाललाई विश्वकै पहिलो ठूलो राष्ट्र बनाउने लक्ष्य हासिल गर्न संसारका जुनसुकै देशबाट जोसुकै आएर रु।१००÷-दस्तुर तिरी पाँच रुपैयाँको टिकट र केही घुस संलग्न गरी फाराम बुझाएमा साठी मिनेट भित्र नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ । तर यहाँ जुनसकै व्यवस्था भए पनि दक्षिणी छिमेकीलाई पचास प्रतिशत छुट दिन यस धाराले बाधा गरेको मानिने छैन । 

६. मौलिक हक: नागरिकले मागे जतिका सबै हक प्रदान गरिनेछ । तर नेपालको सार्वभामसत्ता र अखण्डतामा खलल पुग्ने जीवन ुजलु पिउन गरी खान धर्तीलाई ओछ्यान र आकाशलाई सिरक बनाइ सुत्न चुह्लो चिसो राख्न मैलो भोटो समेत छैन भन्दैमा सर्वाङ्ग प्रदर्शन गर्न सत्यतथ्य समाचार लेख्न बत्ती बाल्न पानी पिउन पर्यटक घुमाउन प्रतिबन्ध लगाउने गरी कानुन बनाउन रोक लगाएको मानिने छैन । 

७. राज्यको निर्देशक सिद्धान्त: आफन्तवाद चाकरीवाद पैसावाद खुकुरी र लाठीवादका सिद्धान्त अनुसरण गरी बेरोजगारी गरिबी महँगी र असुरक्षाले ग्रस्त नेताकल्याणकारी व्यवस्थाको अभिवृद्धि गर्नु राज्यको प्रमुख दायित्व हुनेछ । 

८. श्री ३: यस संविधानमा श्री ३ भन्नाले एमाओवादी काँग्रेस र एमाले बुझिनेछ । जसको सेवा र सुविधा देहायबमोजिम हुनेछ:
१. आय वा सम्पत्तिमा कुनै कर वा शुल्क लाग्नेछैन । 
२. श्री ३ का बारे अदालतमा कुनै प्रश्न उठाउन पाइनेछैन । 
३. श्री ३ ले संविधानको पालना होइन कि संविधानले श्री ३ को पालना गर्नुपर्नेछ । 

९. मन्त्रिपरिषद्को गठन :१ निर्वाचनमा सबैभन्दा धेरै स्थानबाट हारेको वा सबैभन्दा कम मत प्राप्त उम्मेदवारलाई श्री ३ बाट प्रधानमन्त्री नियुक्त गरिनेछ । २ प्रधानमन्त्रीको इच्छाअनुसार पराजितमध्येबाट १० भ्रष्टाचारीमध्येबाट १० आफन्तमध्येबाट १० सधैं चन्दा दिई पाल्ने धनीमध्येबाट ५ छिमेकीका तर्फबाट ५ र अन्यका तर्फबाट ५ गरी अन्तर्राष्ट्रिय समुदायका तर्फबाट १० पर्ने गरी कम्तीमा ७५ जनासम्मको मन्त्रिमण्डल गठन गरिनेछ । जसमा १० जनासम्म बेकामे विनाविभागीय मन्त्री रहनेछन् । 

१० संवैधानिक आयोग: भ्रष्टाचार निवारण आयोग घुसखोरी निवारण आयोग चाकरीचाप्लुसी निवारण आयोग सतर्कता आयोग खरिदार सेवा आयोग मुखिया सेवा आयोग नासु सेवा आयोग फोहोर व्यवस्थापन आयोग ट्राफिक नियम व्यवस्थापन आयोग पत्रकार सुरक्षा आयोग डाक्टर सुरक्षा आयोग प्रहरी-सैनिक सुरक्षा आयोग विश्वविद्यालयमा कालोमासो निषेध आयोग जीवनजल वितरण आयोगलगायतका एक सय आठ आयोग श्री ३ को भोक इच्छा र चाहनाअनुसार तत्काल गठन हुने छन् । तर यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको निर्वाचन आयोग भने तत्काल खारेज हुनेछ । 

११ राष्ट्रिय चिह्न: देशका सबै गाउँटोलमा नपाइने डाँफे लालीगुराँस र गाई राष्ट्रिय चिह्न नभई स्थानीय चिह्न भएकाले भिँगा राष्ट्रिय पक्षी हामी ६०१ राष्ट्रिय जनावर र वनमारा राष्ट्रिय फूल हुनेछ । राष्ट्रिय गान देहायबमोजिम हुनेछ:

छ सो एक हुलका हामी थरिथरि नेपाली
परतन्त्री भई खुम्चिएका बेची महाकाली
तीन कॊटी नागरिकको शान्ति यौटे चाहना
समृद्ध र समुन्नत नेपाल पाउने कामना 
दाहालवान नेपालवान भट्टराई पौडेल खनाल 
खण्ड खण्ड देश हाम्रो एकादेश नेपाल 
अक्षम्य दोष माफी गर्छन् नेपाली छन् विशाल
पराजित मन्त्री हाम्रो जय जय माधव नेपाल !

नेपाली लिटेचर डटकममार्फत नागरिकका लागि नागरिक संविधानका मुख्य ११ धारा सार्वजनिक गर्यौं । २५ भाग ६०१ धारा र ३ अनुसूचीसहितको पूर्ण संविधानका लागि घोषणासभामा निम्तो छ । आउन नसक्नेले हामीमध्ये कसैलाई सम्पर्क गर्नुहोला:

सुभासचन्द्र नेम्वाङ 
पूर्णकुमारी सुवेदी र 
निलाम्बर आचार्य

हामी तीन श्री ३ प्रतिनिधि सबै ६०१ का तर्फबाट

Copied from Facebook


Sunday, November 20, 2011

गजल

गजल

घात हुँदा सबैबाट आश भताभुङ्ग भो !
फ्याक्यौ तिम्रो मनबाट बास भताभुङ्ग भो !

जिन्दगी नै दाउ राखी जुवा खेल्ने जुवाडेको,
हराएछ एक्का यहाँ तास भताभुङ्ग भो !!

पिरतीको भोको यौटा आहाराले तड्पिएको,
मुखमै ठिक्क पारिएको, गास भताभुङ्ग भो !

मेरो हरियाली तिमी ऐजरुले ढाकेपछि ,
हराभरा वशन्तको मास भताभुङ्ग भो !

मेरो मुटुभित्र बसी पछी अन्तै गइदियौ,
साथ छुट्यो एकै मुठी सास भताभुङ्ग भो !


 काठमाण्डौ -२०६४




Gazal

GAZAL

Danger signal of  Traffic red Light is life .
In the sky without thread lost Kite is life.


Brevity of sufferings , calamity and pains,
Unfortunate human birth big Plight is life.


Some times here, to and fro & far away,
Till the end nonstop long Flight is life.


Effulgence of light is very few so sad,
Symbol of melancholy dark Night is life.


What we wish cant be found bitter reality,
Illusion like nightmare blind Sight is life.

2064-04-15, Baletaksar- Gulmi





गजल

गजल (मुतकारिब बहर)

परेँ रातभित्रै बिहानी हरायो !
नया जुग आयो इमानी हरायो !!

छ गन्तव्य टाढा म पुग्दैन कैले,
निकै दूरको त्यो निशानी हरायो !

कुनै जोश छैनन् युवा ह्वौँ तथापि,
बहारै बिनाको जवानी हरायो !

सधै पाप देख्दा जलेको छ आत्मा,
म आफै जलेको खरानी हरायो !

सबै सम्पतीको पछाडी दगुर्दा,
रुपैया नभाको लगानी हरायो !

२०६३-०९-१७, बलेटक्सार- गुल्मी



गजल

गजल

देखेँ म आफ्नै पारा अचम्म !
बुझ्दैछु विश्व सारा अचम्म !!

आकाशबाटै माया भनेर ,
झारी दिएका तारा अचम्म !!

लाखौँ हजारौ जम्मा भएसि,
अर्थै बिनाका नारा अचम्म !!

दुख्दैछ छाती पीडाभित्र बाँच्दा,
स्पर्शैबिना ज्यानमारा अचम्म !!

माया छ ठूलो भन्ने सुनियो,
तड्पिरह्यो दिल्हारा अचम्म !!

२०६५-०४-०४, कलङ्की


Friday, November 18, 2011

I AM JUST ME



….?#########?
…..?#############?
…?###############?
..?#################?………………?###?
..?##################?……….?#########?
….?#################?……?#############?
…….?################?..?###############?
………?################?################?
………..?###############################?
…………..?############################?
…………….?#########################?
………………?######################?
………………..?###################?
………………….?#################?
……………………?##############?
………………………?###########?
………………………..?#########?
………………………….?#######?
……………………………?#####?
……………………………..?###?
……………………………….?#?
…………………………………?
…………………………………?
……………………………….?
……………………………..?
……………………………?
…………………………?
……………………….?
…………………….?
………………….?
………………?
………….?
………?
……?
…..?
……?………………….?…?
……….?………….?…………?
…………..?…..?………………?
……………….?………………..?
…………….?……?…………..?
…………..?………….?….?
………….?
………..?
……….?
………?
………?
……….?
…………..?
……………….?
……………………..?
………………………….?
……………………………?
……………………………?
…………………………?
…………………….?
………………?
………….?
…….?
…?
.?………………………..?….?
?……………………..?………..?
.?………………….?…………….?
..?……………….?………………?
…?………………………………?
…..?…………………………..?
……..?…………………….?
………..?……………….?
…………..?…………..?
………………?…….?
…………………?..?
.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ DECENT ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ CHARMING ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ INNOCENT ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ NAUGHTY ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ SWEET ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ COOL ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ AWESOME ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ INTELIGENT ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ AMAZING ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸
`•.¸ )
¸.•)´
(.•´
*´¨)
¸.•´¸.•*´¨) ¸.•*¨)
(¸.•´ (¸.•` *(`'•.¸(`'•.¸ ¸.•'´) ¸.•'´)
«`'•.¸.¤ SMART ¤.¸.•'´»
(¸.•'´(¸.•'´ `'•.¸)`' •.¸)
¸.•´
( `•.¸

Well, in short...

I AM JUST MEEEEEEEEEE!!!!!!



Copied from Facebook !!



Thursday, November 17, 2011

गजल


गजल

त्यो कोमल मायालु हात छ राम्रो !
झिलिमिली जुनेली रात छ राम्रो !!


मनमुटु  सबमा  माया  रहेछ,
जवानीको नशामा मात छ राम्रो !!


प्रभातको मन् मुटुमा छ माया ,
अन्जान पिरतीको खात छ राम्रो !


चन्चल  मनमा माया भरिदा,
तिमीले निभायौ साथ छ राम्रो !!


लाग्दछ तिमी नै  वशन्त मेरो,
साँच्ची नशालु प्रभात छ राम्रो !!



सबिन प्रभात , बैशाख-२०६२ ,बलेटक्सार गुल्मी




शब्द कोरेँ ~ कविता बनेछ

कल्पनाका अनगिन्ती छटाहरुमा बिलीनहुदै,
सम्झनाका अविरल छालहरुमा तरंगित बन्दा
भावुक मनमा यौटा भावना जुरिहाल्यो , शब्द सामिप्यताको नया बहार फुरिहाल्यो
 अनि म शब्द कोरेँ ~ कविता बनेछ ।१।

स्वार्थको साघुरो जमिनबाट माथि उठेर निल आकाशको मीठास लिने चखेवा जोडीले
निस्फिक्री मनले प्रक्रितीको मज्जा लिन 
मलाई भनिरहेका होलान् तर,म शब्द शब्दमा हराएँ 
अनि म शब्द कोरेँ ~ कविता बनेछ ।२।

तरुनी महिलाको पेट र पिठ्युँको समस्या,
पेट नबढोस् भन्ने चाहना तर बाद्यता ,,
रिक्सा चालकले हवाइजहाजमाथि लगाएको द्रिष्टि र ज्यामीको खोक्रो पेट
अनायासै मनमा आए,
अनि म शब्द कोरेँ ~कविता बनेछ ।३।

अर्धनग्न महिलाले घाइते कुकुरलाई प्याच्च थुक्दैरुमालले नाक थुनेर हिड्दा 
सडक पेटीको लङ्गडो मान्छे दुई हात जोडी यात्रुहरु गनिरहेको छ , 
जवान युवक मस्त आइपड सुन्दै हिडेको देखेँ ,,
अनि म शब्द कोरेँ ~ कविता बनेछ ।४।

सबिन प्रभात , २०६५-१-१२ , काठमाण्डौ



गजल

गजल

गाउँघरकै भेषभुषा गुनियो र चोली राम्रो !
कोइलीको भन्दापनि मीठो तिम्रो बोली राम्रो !!

स्वार्थ कत्ति छैन भने विस्वासमै संसार छ,
भविष्य सुन्दर त्यो हिजोभन्दा भोली राम्रो !! 

महङ्गा ती कारमाथी बिहे गर्नु भन्दिन म,
आफ्नोपना छुट्टै यहाँ  बेहुली बोक्न डोली राम्रो !!

आफ्नो श्रम नगरेर छल कपट गरि खाने,
हुदैन है कहिलेपनि जोगि दाइको झोली राम्रो !!

पाप मात्रै  फैलिएको फोहरी शहरभन्दा,
दुखमा नि साथ दिने आफन्तको टोली राम्रो !!


सबिन प्रभात, २२-१-२०६५, कलङ्की, काठमाण्डौ


गजल


गजल


हल्लाएर दुबै हात बिदा दियो काठमाण्डौले !
नबस् भन्दै एकै रात बिदा दियो काठमाण्डौले !!


खल्ती बाक्लो हुदासम्म सारै माया गरेको हो,
रित्तिएसि हान्दै लात बिदा दियो  काठमाण्डौले !!


पढाउन्न  एकता र  भात्रित्वको पाठ कतै ,
छुट्याएर आफ्नो जात बिदा दियो काठमाण्डौले !!
काठमाण्डौ (Ktm)

रक्सीसङ्ग नाङ्गिएका डान्सबार क्यासिनोमा,
चढ्दै गएपछि मात बिदा दियो काठमाण्डौले !!


आकांक्षा र इच्छाहरु सङ्घर्षमा खोज्नेलाई ,
आशा देखाई गर्दै घात बिदा दियो काठमाण्डौले !!



सबिन प्रभात , २०६७- कलङ्की, काठमाण्डौ


Wednesday, November 16, 2011

हाइकु

हाइकु


चेहेरा चिल्लो, 
आँखाभरी गाजल , 
मनमा स्वार्थ !! 


पेटमा हावा , 
सुस्केराको सुइय्य, 
ज्यामीको दिन !!

ठिटाका आँखा,
बाउ आमालाई चिन्ता,
हुर्केका छोरी !!

बुझ्न चाहन्छौ?
रोएर एकचोटि , 
आँशु के हो !!

अध्यारो द्रिष्टि , 
अन्धकार संसार , 
उदास मन !!

Tuesday, November 15, 2011

गजल


गजल

सबै उर्लिएछन् सुकेको म लम्फु !
सबैले मलाई थुकेको म लम्फु!!

म भारी छु धर्ती छ यो जन्म ब्यर्थै,
बिना काम जन्मी चुकेको म लम्फु !!

छु बोका बलीको म काटिन्छु आजै ,
शिरै काट्न आफ्नै झुकेको म लम्फु !!

सबै तन्त्र को याँ विरोधी म एक्लो ,
भुसाहा कुकुर् झै भुकेको म लम्फु !

नयातन्त्रले झन् बढायो अभाव,
अगन्तव्यमा नै रुकेको म लम्फु !!


बलेटक्सार ,गुल्मी २०६५

मुक्तक

मुक्तक 

तिम्ले भन्यौ हाँसिदिएँ पिरब्यथा लुकाएर !
साँवा ब्याज जिन्दगिको मुल्य सारा चुकाएर !

आजसम्म चलिराको जिवनलाई फर्की हेरेँ,
दुईदिने जवानीका  झन्टाबाधा  फुकाएर !

फूल जस्तै जिन्दगिको इच्छासारा टुटाइदियौ ,
ए उटा ठूलो जाल रची आजसम्म ढुकाएर !

बलेटक्सार गुल्मी, २०६३-०६-०९


निर्मल अंकलको डायरीबाट

निर्मल अंकलको डायरीबाट

(आज भन्दा २० बर्ष अघीको डाइरीबाट )


मिती २०४८ साल कार्तिक ९ गते 


कमला दिदिको Inter Level को फर्म भर्न बुटवल जादाको खर्च विवरण :


बुवाले दिनु भएको जम्मा रु ४०० 




निर्मल अंकल


खर्च :


१) जोर्ते दिउस नास्ता चिया र पाउरोटी - रु ३ 


२) पाल्पा चिया खर्च - रु २

३) बुटवल साझ साधा खान - रु 15


४) १० गते बिहान साधा खाना - रु १५


५) 'युग देखी युगसम्म' फिल्म हेरेको बाल्कोनी टिकट - रु 10


६) बुटवल दिउस नास्ता - रु ५


७) १० गते साझ दहिसँग खाना - रु २०


जम्मा खर्च - रु ७०


बाँकी रहेको - रु ३३०

Saturday, November 12, 2011

गजल

गजल

राम्रो जीवन बाँचिएन आफैलाई मारेँ मैले !
संसार नै जितेँ तर आफैसित हारेँ मैले !!

अभावले गुज्रिएको जिन्दगिमा नपाएका,
ताराहरु कल्पनामा लाखौ लाख झारेँ मैले !

तिरस्क्रित हुँदापनि प्यारो लाग्ने जिन्दगि यो ,
बरु एक्लै ज्युछु भनी काँडे तारले बारेँ मैले !

निर्वाह नै हुनु पनि ठूलो कुरा रैछ यहाँ ,
चौथाई यो जिन्दगिको जेनतेन टारेँ मैले !!

मलजल हुँदाहुँदै फल्नफूल्न नसकेको,
जिन्दगि यो मरुभूमि बिचतिर सारेँ मैले !!


सबिन प्रभात
काठमाण्डौ, २०६५-०७-०८

Thursday, November 10, 2011

गजल


गजल
उच्च शिर सगरमाथा झुक्नुपर्ने नहोस् यहाँ !
हिमाल हाँस्दा तराई रुँदै थुक्नुपर्ने नहोस् यहाँ !!

अशान्ति यो  मौलाएर हिंसा  त्रास नरोकिदा,
रगत बग्छ भन्दै काली सुक्नुपर्ने नहोस् यहाँ !

बिखण्डता, पहाडी  म  तराईमा झर्दाखेरी,
मधेसीले धम्क्याएर लुक्नुपर्ने नहोस् यहाँ !

बदनामले जेलिएर चारैतिर  संसारमा,
नेपाली हुँ भन्नपनि चुक्नुपर्ने नहोस् यहाँ !

आन्दोलन र चक्काजामले सबैतिर बन्द भई,
पढ्न क्याम्पस जाँदापनि रुक्नुपर्ने नहोस् यहाँ !

सबिन प्रभात
लाजिम्पाट ~ काठमाण्डौ

Tuesday, November 8, 2011

Gazal

Ever sad  declining deer  is my life.
Blowing from each eye tear is my life.
Frustration, in-frolic, unwilling birth,
Misery , melancholy and fear is my life.
Absurd and meaningless existence vain,
Cultivated  in desert  pear is  my life.
All fastest of evils, good spreads slow,
Unredressed & humorous jeer is my life.
If I know life : precious and felicitous,
Abstruse but beautiful cheer is my life.

Sunday, November 6, 2011

गजल (मुजारे बहर)


गजल (मुजारे बहर)

आफ्नै भुमी र माटो प्यारो भयो म फर्केँ !
त्यै बारी खेत पाटो प्यारो भयो म फर्केँ !!


ठूलो शहर् विदेशी ठाँउ अचम्म देख्दा ,
ताते हिडेको बाटो प्यारो भयो म फर्केँ !!

आमा बुझेँ म व्हिस्की स्याण्डविच खानुभन्दा ,
सिन्की र बासी आटो प्यारो भयो म फर्केँ !!


बिस्तारवाद बाठो साम्राज्यवाद टाठो ,
नेपाल देश लाटो प्यारो भयो म फर्केँ !!

मंगा र नग्न छोटा उल्टा नढाक्नु भन्दा,
थोत्रा लुगा र फाटो प्यारो भयो म फर्केँ !!