Monday, November 10, 2025
चतुश्लोकी भागवत : सुमिरन
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Friday, October 24, 2025
रोइला भजन : काले कृष्ण मोराले
गोपीहरू न्वाउन थाल्दा सारी लुकाइदिने ।।
कालेकृष्ण मोराले
धुरुक्कै रुवायो- यशोदाका छोराले, कालेकृष्ण मोराले ।।
निदाएका बालबच्चा चिमोटेर रुवाउने । २।
कालेकृष्ण मोराले……
राति उठ्ने, दु:ख दिने जे पायो त्यैं खाने ।
पौडीमा छन् ग्वालबाला - धानको बीउ गाईलाई,
गाउँभरिका गुनासोले टाउको दुख्छ माईलाई ।।४।।
कपडामै पिसाब फेर्न कत्ति नलजाउने ।६।
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Thursday, August 14, 2025
गण्डकी महिमा
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥
अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥
खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥
कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥
दामोदरं तथा स्थूलं मध्ये चक्रं प्रतिष्ठितम् ।
पूर्णद्वारेण सङ्कीर्णा पीतरेखा च दृश्यते ॥२१॥
छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥
कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटिविनाशनः ॥२७॥
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥
श्री भविष्योत्तरपुराणे श्रीकृष्णयुधिष्ठिरसंवादे गण्डकीमाहात्म्ये शालग्रामस्तोत्रम् सम्पूर्णम् ।।
यस्तो परमपवित्र गण्डकी क्षेत्रभित्र जन्मन वा बस्न पाउनु हाम्रो अहोभाग्य हो । यही पावन धरामा जन्मेर पनि कालीगण्डकीको महत्त्व बुझ्न नसकेका हामीहरू आफ्नो सुगन्ध पत्ता लगाउन नसकेर भौतारिने कस्तुरी जस्तै भएका छौँ । यिनको थोरै मात्र पनि महत्त्व बुझेर अनुशरण गरियो भने सर्वेश्वर भगवान् शालग्रामका कृपाले हाम्रो जीवन धन्य र मृत्यु सार्थक हुनेछ भन्ने ध्येय अनि रूरू हृषिकेश भगवानको प्रेरणाबाट सबै स्थानीयबासीको जनजिब्रोमा सजिलै भिज्न सकोस् भनी गुल्मीमै जन्मिएको 'रोइला' लोकभजनको भाकामा केही शब्दरूपी पुष्पमाला उनै माता कालीगण्डकीका चरणकमलमा सभक्ति अर्पण गर्दछु । शुभमस्तु 🙏 🕉️
कालीगण्डकी महिमा (रोइला भजन)
नारायणको गालाबाट भयो यात्रा सुरु ।१।
गण्डकीको महिमा - छैन केही सीमा - गण्डकीको महिमा…छैन केही सीमा - गण्डकीको महिमा… छैन केही सीमा - गण्डकीको महिमा


Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Saturday, July 5, 2025
ब्रह्माण्ड मेरो घर
ब्रह्माण्ड मेरो घर (शार्दूलवीक्रीडित छन्द)
सारा मानव बन्धु हुन् जगतका प्राणी सबै हुन् सखी ।
यो हावा अनि वृक्षपात लहरा संकीर्ण बन्दैन कि !
कालो धुल्मुल स्वार्थ छैन मनमा के जात वा के थर ।
यौटा योग्य सदस्य बन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।१।
खुम्चाई मन खुम्चिदैन अधुरो सीमा बनाए पनि ।
रोकी रोक्न सकिन्न बेग जसको पर्खाल लाए पनि ।।
हत्केला अनुहारको अघि लगी के सूर्य छेकिन्छ र ?
यस्ता अल्मल दृष्टिदोष नरहून् ब्रह्माण्ड मेरो घर ।२।
गर्दैनन् किन भेदभाव जलले हावा तथा मेघले ?
छर्छन् रश्मि समान विश्वभरमा ती चन्द्रमा सूर्यले ।।
मेरो सोँच खुला भयो यदि भने कोही हुँदैनन् पर ।
भित्री चक्षु खुलोस् सधै हृदयको ब्रह्माण्ड मेरो घर ।३।
साझा यी धरणी अनन्त यिनमा निर्जीव वा जीव छन् ।
साझा भौतिकतत्व जीवन दिने जो फेरि यैँ मिल्दछन् ।।
आत्मा यो परमात्ममा जब मिल्यो शालीन को हुन्न र ?
बाँचुञ्जेल लुछाचुँडी किन सधै? ब्रह्माण्ड मेरो घर ।४।
आस्थाका कणमा खिया यदि परे सन्ताप दिन्छन् यिनै ।
मान्छेको मन यो खुला जति रह्यो अट्छन् खुशी उत्ति नै।।
मायाको वशमा पर्यो मन भने संसार भो जर्जर ।
मायामाथि उठेर भन्न म सकूँ ब्रह्माण्ड मेरो घर ।५।
सेवा भाव रहून् सदैव मनमा प्राणान्त बन्दा पनि ।
स्वार्थी सोंच हटेर बन्छ भवमा समृद्ध यो जीवनी ।।
पक्कै मिल्छ खुशी हुँदैन जडमा - चैतन्यमा नै तर ।
मैले भेट्न सकूँ अनन्त सुखमा ब्रह्माण्ड मेरो घर ।६।
[रारा ताल मुगु, २०७३]
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Wednesday, July 2, 2025
बुर्किनाफासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको प्रख्यात मन्तव्य
BBC, CNN, France24 म तिमिहरुलाई हेरिरहेको छु। म तिमिहरुको सबै झुटहरु बताईरहेको छु। म ईब्राईहिम ट्राओरे, र म आज तिमिहरुको नकाव उतार्न लागिरहेको छु।
हो, तिमिहरुले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमिहरुले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमिले खतरनाक तानाशाहका रुपमा ब्राण्डिङ गर्यौ। जसलाई तिमिहरुले पश्चिमा जगतको बिरोधी शासकका रुपमा उभ्यायौ।
म आज सत्य सुनाउन चाहन्छु, र यो पटक तिमिहरुले माईक बन्द गर्न सक्दैनौ। यो पटक तिमिहरुले क्यामेरा हटाउन सक्दैनौ। यो पटक तिमिहरुका सम्पादकले यो भासन काट्न सक्दैनन्।
किनभने अब त्यो संसार रहेन, जसमा तिमिहरुको एकाधिकार थियो। अब करोडौँ मानिसहरुले यो आवाज सुन्नेछन्। तिमिहरुको सम्पादनबाट गुज्रिएर होईन, तिमिहरुको झुटमा बेरिएर होइन, तिमिहरुको फोहरमा लत्पतिएर होईन। म ३४ बर्षको भएँ। मैले मेरो जिवनको हरेक दिन तिमिहरुको झुटमा बिताएको छु। बाल्यकालमा टिभिमा अफ्रिका देख्थेँ। सँधै त्यही तस्विरहरु : झिंगाले घेरिएका बच्चाहरु, खडेरिग्रस्त जमिन, हतियार, युद्ध, भोकमरी, मृत्यू। यहि अफ्रिका हो भनियो र त्यसैलाई बिस्वास गरेर बसियो। हामी लज्जित थियौँ आफैसंग, हामी आफ्नै भुमिप्रती लज्जित थियौँ, हामी आफ्नै नागरिक प्रती लज्जित थियौँ। तर म जब हुर्किएँ, पढेँ, रिसर्च गरेँ र प्रश्नहरु गर्न थालेँ तब मैले बुझेँ तिमिहरुले देखाएको अफ्रिका सत्य थिएन, तिमिहरुले कथा बनाएर सुनाएको कुरा झुट थियो। बर्षौँसम्म तिमिहरुले आफ्नै स्क्रीप्ट बनाएर अफ्रिकालाई कुरुप देखायौ। हरेक समय उहीँ र उस्तै कथा सुनायौ, देखायौ। तिम्रो अफ्रिकाको शब्दकोषमा कुनै आशा छैन, कुनै बिकास छैन, कुनै प्रगती छैन, कुनै बिद्रोह छैन, कुनै नैतिकता छैन र गर्वको ईतिहास छैन न त कुनै बिजयको ईतिहास नै। त्यसैले म सोध्न चाहन्छु, न्युयोर्क टाईम्स, वाशिङ्टन पोस्ट, गार्जियन तिमिहरुले कहिल्यै अफ्रिकाको सफलतालाई आफ्नो हेडलाईन बनायौ? अफ्रिकाको प्रविधिका बारे कति पटक लेख्यौ? ईथियोपियाको रिफरेस्टेशनका बारे कति पटक देखायौ?
यो शक्तिशाली भासण हो अफ्रिकी मुलुक बुर्किना फासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको । उनलाई यतिखेर सिंगो अफ्रिकी महादिपका लागि उदियमान लिडरका रुपमा चित्रीत गर्ने गरिएको छ भने पश्चिमी बिश्वले उनलाई सबैभन्दा ठूलो खतरा मानिरहेको छ।
बुर्किना फासो सन १८९६ बाट सन् १९६० सम्म फ्रान्सको उपनिबेश रह्यो। सन् १९६० मा औपचारिकता स्वतन्त्रता प्राप्त गरे पनि फ्रान्सले आफ्नो हस्तक्षेप कहिल्यै हटाएन। देशको अर्थतन्त्र , प्राकृतिक सम्पदा, राजनिती र सुरक्षा जस्ता बिषयमा फ्रान्सले सँधै निर्णायक भुमिका खेलिरह्यो। बुर्किना फासो सुनका लागि प्रसिद्ध छ तर देशका सुनखानिहरुमा फ्रान्सको मनोमानी चल्थ्यो। सुन उत्खनन् गर्ने, प्रशोधन गर्ने र अन्तर्राष्ट्रिय बजारमा लैजाने काम फ्रान्सेली कम्पनिहरुको थियो। बुर्किजहरु सस्तो मजदुर बाहेक अरु हैसियतमा थिएनन्। फ्रान्सले आफ्नो अनुकुलको सत्ता निर्माण गर्थ्यो। सुरक्षाका नाममा आफ्ना सैनिकहरु तैनाथ गर्थ्यो। जसले गर्दा स्वतन्त्रताको लामो समयसम्म पनि राज्यमा चरम गरिबी, भ्रष्टाचार, अन्याय, भोकमरी र राजनैतिक अस्थिरताको अबिराम दुस्चक्रमा फसिरहेको बुर्किना फासोको यो अवस्था सँधै टिकिरहन सम्भव थिएन। सन् २०१० तिर जनताहरु संगठित हुँदै यी सारा बेथितिका बिरुद्ध आन्दोलित हुन थाले। जसले गर्दा राजनैतिक अस्थिरता थप चुलियो। त्यही अस्थिरता निरन्तर चलिरहँदा सन् २०२२ जनवरिमा सेनाले सत्ता हातमा लियो। तर नयाँ सैन्य शासकले पनि देशको अवस्थामा आवस्यक परिवर्तन गर्न सकेनन् र सेनाभित्रै असन्तुष्टि बढ्दै गयो। फलस्वरूप फेरि सन् २०२२ को सेप्टेम्बरमा अर्को सैन्य कु भयो र यो पटक भने सैन्य क्याप्टेन इब्राहिम ट्राओरेलाई देशको नेतृत्व गर्ने जिम्मा दिईयो। यहि बिन्दुबाट बुर्किना फासोको नयाँ ईतिहास प्रारम्भ भयो।
नेतृत्व सम्हालेपछी ट्राओरेले लगातार देशका लागि आवस्यक कदम चाल्न थाले। बिश्वलाई नै तरंगित बनाउने उनको सबैभन्दा महत्वपुर्ण निर्णय थियो फ्रान्ससंगको रक्षा सम्झौता खारेज गर्ने। यहि सम्झौताका आधारमा फ्रान्सले दशकौँदेखी अप्रत्यक्ष उपनिबेश चलाईरहेको थियो। सन् २०२३ जनवरिमा यो निर्णय गर्दै उनले फ्रान्सेली सेनालाई १ महिनाभित्र देश छोडेर जान अल्टिमेटम दिए। उनको दृढताका सामु फ्रान्सको केही लागेन र उसले आफ्ना सेना फिर्ता लियो। त्यस संगै उनले चीन, रुस, टर्की जस्ता देशहरुसंग नवीन सम्झौता गर्दै सैन्य सहायता लिए, आफ्ना सेनालाई सैन्य तालिम दिलाए, हतियार ब्यबस्थापन गरे। राजनैतिक स्वतन्त्रताका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी हुन्छ भन्ने बुझेका ट्राओरेले देशका सुन उद्योगहरुमा देशको नियन्त्रण रहने कदमहरु उठाए। आफैले सुन उद्योगहरु संचालन गर्ने र निर्यात गर्ने बन्दोबस्त गरे। बिदेशी कम्पनिहरुको खानी अनुमती रद्ध गरे। अघिल्लो बर्षको अगष्टमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले गरेको ऋण सहायताको प्रस्तावलाई अस्विकार गरिदिए। जसले आफ्नो देशलाई बाह्य शक्तिहरुको आर्थिक जालो (Economic Trap) बाट बचाउने अभियानको शुरुवात गर्यो। उनले खाद्य संकटबाट बाहिर आउन निशुल्क कृषि उपकरण बितरण, उर्जा संकट टार्न चिनको सहयोगमा सौर्य उर्जा केन्द्र, रुसको सहयोगमा आणविक उर्जा केन्द्रको स्थापना गर्ने सम्झौता गरे।
इब्राहिम ट्राउरे मुख्य रुपमा पुँजिवादी र औपनिबेसिक विश्वका बिरुद्धमा छन्। यहाँ प्रस्तुत उनको भासन अफ्रिकी मुलुकहरुमा भईरहेको प्राकृतिक स्रोतहरुको शोषण तथा नव उपनिवेशका बिरुद्ध लक्ष्यित छ। उन्को यो अभिब्यक्ती केवल राजनैतिक भासन मात्र नभएर अफ्रिकी मुलुकहरुको साझा पीडा, आक्रोस, आशा तथा अपमानहरु बिरुद्धको प्रतीक हो। पश्चिमी संचार माध्यमहरुले अफ्रिकाका बिरुद्ध अपमान पुर्ण तस्विर निर्माण गरेको, समाचारहरु तोड्मोड गरेर प्रस्तुत गरेको आरोप लगाएका छन्।
ती तिनै संचार माध्यम हुन् जसले बिश्वलाई अफ्रिकी मुलुकहरुको यस्तो तस्विर देखाए जहाँ रुग्न र फोहरी शरीर भएका केटाकेटी, नाङ्गै भुतुङ्गै देखिने गरिब मानिसहरु, भोकमरी ग्रस्त मगन्तेहरु, एक छाक खानका लागि हतियार बोकेका बालबालिकाहरु, खडेरिग्रस्त सुक्खा र फुस्रा पाखाहरु मात्र छन्। हर कोहि सामान्य मान्छेले अफ्रिका भन्ना साथ हाम्रो दिमागमा आउने तस्विर यहि नै होला सायद।
ट्राओरे सोध्छन्, "यति धनी अफ्रिकालाई कसरी गरिव बनाएर राखियो?"
अफ्रिका त्यो ठाउँ हो जहाँबाट बिश्वको ७० प्रतिशत कोवाल्ट आउँछ। कोवाल्ट त्यो चिज हो जसको अभावमा हाम्रा कुनै पनि बिद्युतिय सामान (मोबाईल, ल्यापटप, बिजुलिबाट चल्ने गाडी) हरु बन्दैनन्। तर बिडम्बना कोवाल्ट उत्खनन् गर्ने मजदुरहरु एउटा मोबाईल खरिद गर्न सक्दैनन्। बिश्वको ९० प्रतिशत प्लाटिनम दक्षिण अफ्रिकाबाट आउँछ तर त्यहाँको मानिसहरु बेरोजगारिको सिकार छन्। बिश्वको ३० प्रतिशत सुन अफ्रीकी महादिपबाट आउँछ तर संसारलाई सुन दिने त्यो महादिप गरिबिको चपेटामा छ। संसारमा सर्वाधिक महंगो हिराको कुल खपतको ६५ प्रतिशत अफ्रिकी मुलुकहरुबाट आउँछ तर त्यहाँका मजदुरहरु दैनिक १ डलर पाउन संघर्षरत छन्। संसारका ठुला शहरहरु उज्यालो बनाउने बिजुली उत्पादनमा प्रयोग हुने युरेनियमको ३५ प्रतिशत हिस्सा अफ्रिकी मुलुकबाट आउँछ तर त्यहि अफ्रिका अँध्यारो छ।
यसरी अफ्रिकालाई सँधै पश्चिमी बिश्वको आँखाबाट हेर्दा देखिने जुन दृष्य थियो त्यो दृष्य ट्राओरेको राष्ट्रबादी कदमहरुले क्रमशः भत्काउन थालेको छ। अफ्रिका त्यो महादिप हो जो सबैभन्दा सम्पन्न बन्ने हैसियत राख्दछ तर उपनिबेशबादले आजसम्म सबैभन्दा पिछडिएका मानिसहरु बस्ने थलो बनाईदियो।
ट्राओरेको उदय भएको केवल ३ बर्ष हुन लाग्यो। उनले सिंगो अफ्रिका महादिपलाई नयाँ क्षितिज देखाईरहेका छन्। नेतृत्वमा तागत भए समय धेरै नलाग्दो रहेछ। तर डर यो छ कि ट्राओरे अर्को क्रीस हनि नबनुन्।
समर्थकहरुले Che Guevara of South Africa उपनाम दिईएको इब्राहिमलाई राष्ट्रवादी सलाम।
सन्दर्भ सामग्रीहरु : बिश्वघट्ना, विकिपिडिया, ChatGpt
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Tuesday, June 24, 2025
अकण्टक भावना (शिखरिणी छन्द)
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Saturday, June 21, 2025
छन्द कविता : प्रेम
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Saturday, June 14, 2025
मेरो शैक्षिक यात्राको एक अविस्मरणीय अध्याय : विकासचन्द्र खरेल
शैक्षिक सेवाको एउटा लामो अध्याय टुंगिदै गर्दा मनमा अनेक भावनाहरु उर्लिरहेछन - गर्व, नम्रता, आत्मसन्तोष र गहिरो कृतज्ञता।
वि.सं. २०५७ सालमा मैले श्री सरस्वती मावि, लिम्घाबाट स्वेच्छाले सरुवा भएर श्रृङ्गा जनता माध्यमिक विद्यालय, छत्रकोट ४, गुल्मीमा विज्ञान विषयको अस्थायी शिक्षकको रुपमा प्रवेश गरेको दिन आज पनि मेरो मानसपटलमा ताजै छ। त्यो दिनदेखि र २०७२ साल वैशाखदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्दै यस संस्थाको उन्नयन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मैले सक्दो प्रयास गरें। आज म यो पत्रमार्फत मेरो बिदाइको घडीमा केही शब्दहरु लेख्दैछु—शुभेच्छा, कृतज्ञता र सम्झनाका स्वरुपमा।
शिक्षण र नेतृत्वको समर्पित यात्रा
शिक्षकको भूमिकाबाट सुरु भएको मेरो यात्राले मलाई विद्यालय प्रशासनको गह्रौं जिम्मेवारीसम्म पुर्यायो। २०६० सालमा स्थायी शिक्षकको रुपमा नियुक्त भएपछिको समयमा मैले विद्यालयको पाठ्यक्रम, पठनपाठन, अनुशासन र विद्यार्थीको समग्र विकासमा ध्यान केन्द्रित गरे। शिक्षण मात्र होइन, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास पनि सँगसँगै चल्यो।
२०७२ साल वैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि मैले विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक वातावरणसम्मलाई सुधार गर्ने योजनासाथ अगाडि बढें। कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, शौचालयलगायतका पूर्वाधारमा सुधार ल्याउँदै समावेशी र समसामयिक शिक्षाको अभ्यास गर्न निरन्तर लागिरहें। शिक्षण सिकाइमा नवप्रवर्तन, शिक्षक तालिम, अन्तरक्रिया, योजना निर्माण र मूल्याङ्कनका प्रणालीहरु कार्यान्वयन गर्न सकेकोमा गर्व लागेको छ।
सधैंको साथ, सहयोग र सद्भाव
यो सम्पूर्ण यात्रामा मैले कहिल्यै आफू एक्लो महसुस गर्नुपरेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह, राजनीतिक नेतृत्व, पत्रकार, समाजसेवी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको निरन्तर साथ, सहयोग र सद्भावले मलाई अघि बढ्न साहस, प्रेरणा र आत्मबल प्रदान गर्यो।
विशेष गरी पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र कंडेलज्यू र उहाँको टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको दूरदर्शिता, शिक्षाप्रतिको अटल निष्ठा, र कार्यान्वयन क्षमताले श्रृङ्गा जनता मा वि लाई फरक पहिचान र उदाहरणीय शैक्षिक केन्द्र बनाउने दिशामा ठोस पाइला चाल्न सहयोग पुगेको छ। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, एसईई नतिजा, भौतिक पूर्वाधार र सामाजिक सहभागिता जस्ता पक्षमा देखिएको प्रगतिको श्रेय उहाँको नेतृत्व र समर्पित टीमलाई जान्छ।
नयाँ यात्राको प्रारम्भ
छत्रकोट गाउँपालिकाको निर्णयअनुसार म हिजो आदर्श माध्यमिक विद्यालय, दिगाममा सरुवा भई हाजिर भइसकेको छु। यो निर्णय मैले बाध्यतमक रुपमा आत्मसात गर्दै, नयाँ परिवेशमा पनि पूर्ववत् निष्ठा र समर्पणका साथ काम गर्ने अठोट लिएको छु। सरुवा एउटा प्रक्रिया हो—व्यक्तिगतभन्दा बढी संस्थागत हितका लागि गरिएको व्यवस्था। तर श्रृङ्गा जनता मा वि मा बिताएका यी करिब २५ वर्ष मेरा जीवनका अमूल्य अनुभव, शैक्षिक साधना र मानवीय सम्बन्धहरुको गाथा हुन्।
शिक्षक हुनु केवल एउटा पेसा होइन, यो त समाज परिवर्तनको मेरुदण्ड हो। र, म गौरवका साथ भन्न चाहन्छु—श्रृङ्गा जनता मा वि मा बिताएको मेरो शिक्षकीय जीवन पूर्ण रूपमा उद्देश्यपरक, सृजनात्मक र प्रेरणादायी रह्यो। मैले यहाँबाट केवल ज्ञान बाँडेँन, मैले आफैँ पनि असीम माया, आदर र जीवनोपयोगी अनुभवहरू पाएँ।
बिदाइ होइन, नयाँ सम्बन्धको सुरुवात
आजको यो सन्देश बिदाइ मात्र होइन, यो सम्बन्धको निरन्तरताको प्रतीक पनि हो। म जहाँ भए पनि श्रृङ्गा जनता मा वि का प्रत्येक व्यक्तिसँग मेरो आत्मीयता, स्नेह र सधैंको सद्भाव रहनेछ। विद्यालयको सफलतामा योगदान दिने सबैलाई फेरि एकपटक हृदयदेखि धन्यवाद दिन चाहन्छु—विशेषत: अभिभावकहरूप्रति जसको विश्वास र सहभागिताले हाम्रा सबै प्रयासहरू सफल बनाइरहे।
म मेरो उत्तराधिकारी नेतृत्व र शिक्षक साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु कि उनीहरूले विद्यालयलाई अझ प्रगतिशील र आदर्श शिक्षालयको रुपमा उभ्याउनेछन्।
अन्त्यमा, श्रृङ्गा जनता मा वि मेरो कर्मभूमि मात्र होइन, मेरो आत्मीयताको केन्द्र रह्यो। यहाँका स्मृतिहरू सधैं मेरो मनमा ताजै रहनेछन्। शिक्षासेवीको हैसियतमा म सधैं शिक्षा क्षेत्रमै सक्रिय रहनेछु—जहाँ भए पनि । सकेसम्म सहृदयता, निष्ठा र इमानदारीका साथ काम गर्न प्रयास गरेँ। मबाट अनावश्यक त्रुटि, कमी कमजोरी भएको भए त्यसप्रति क्षमा याचना गर्दै, आगामी दिनहरूमा पनि यहाँका सबैका शुभेच्छा प्राप्त गर्ने अपेक्षासहित यो सन्देशलाई पूर्णता दिन चाहन्छु।
शुभकामना ! जय श्रृङ्गा जनता मा. वि., जय आदर्श मा. वि., जय नेपाल !
– विकाश चन्द्र खरेल
पूर्व प्रधानाध्यापक,
श्री श्रृङ्गा जनता मा वि, छत्रकोट-४, गुल्मी
हाल: श्री आदर्श मा वि, दिगाम
वि. सं. २०८२ जेठ ३१ शनिबार
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Friday, June 13, 2025
अमेरिकाले फर्काईदिएपछि सुवास शर्माको लेख: रित्तो बोरामा च्यातिएको सपना
म फर्किएको मान्छे
त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।
तर म आफैंलाई चिनिरहेको थिएँ -म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।
मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।
मैले किन अमेरिका रोजेँ?
म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित।
म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। "विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे।
मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।
यात्रा: आँधीभन्दा तिव्र र थकित
जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो -सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।
अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए -घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने।
नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो - "तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।"
फर्किनुको पीडा
न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए, मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।
पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो - "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।" सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो। " अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत!" - भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ ।
तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।
समाजको निर्ममता
फर्किएपछि देखेँ - समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, "अनि के ल्यायौ?" -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त!"
साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ - "यस्तै हुन्छ रे विदेश जाँदा!"
तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।
मेरो सपना, मेरो भविष्य :
म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् - जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।
म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।
यहाँ 'ऊ माथि उठ्ला कि?' भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।
फेरि सुरु गर्न सजिलो हुँदैन:
आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।
तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?
यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी 'विदेश गएको=सफल' भन्ने भ्रममा छौँ। र 'फर्किएको=असफल' भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ।
मेरो विन्ति:
तपाईंहरूसँग एउटै अनुरोध छ - फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।
तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।
अन्तिम शब्द:
म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिँएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ - जुन अब आफ्नो देशमै केही गर्नेछ।
रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।
कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीं छु -फेरि एउटा सपना बोकेर।
यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर ।
वि. सं. २०८२ जेठ, दाङका युवा सुवास शर्माको वालबाट
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Tuesday, May 20, 2025
रोईला भजन : कोही नि छैनन् मेरा, राम जति पियारा
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
रोइला भजन : आउ न मनमोहन
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Wednesday, May 14, 2025
विचार विज्ञान : खप्तड बाबा
पूज्य श्री खप्तड बाबाको विचार विज्ञान (Science of Thought) एकदमै गहिरो र आध्यात्मिक दृष्टिकोणबाट विकसित गरिएको सिद्धान्त हो। उहाँले विचारलाई केवल मानसिक प्रक्रिया होइन, ब्रह्माण्डसँग सम्बन्धित एक शक्तिशाली तत्त्वको रूपमा व्याख्या गर्नुभएको छ। यहाँ खप्तड बाबाको विचार विज्ञान र विचारको अवस्थाहरूको बारेमा विस्तारमा बुझौं।
१. विचार भनेको के हो?
खप्तड बाबाका अनुसार विचार (Thought) आत्मा, चेतना र ब्रह्माण्डबीचको संवाद हो। उहाँको भनाइमा, "विचार एक प्रकारको शक्ति हो – जसले मानिसको जीवनको दिशा र स्वरूप निर्धारण गर्छ।"
मुख्य तत्त्वहरू:
विचार आत्माबाट उत्पन्न हुन्छ। विचार प्रकाश जस्तै सूक्ष्म र शक्तिशाली हुन्छ। प्रत्येक विचारको तरंग हुन्छ, जुन वातावरणमा असर गर्छ।
२. विचारका अवस्थाहरू:
खप्तड बाबाले विचारलाई विभिन्न स्तरमा विश्लेषण गर्नुभएको छ। उहाँले विचारको अवस्था अर्थात् 'विचार अवस्था' लाई मुख्य तीन भागमा बाँडेर व्याख्या गर्नुभएको छ:
१. विकारयुक्त विचार (Negative/Impure Thought):
लोभ, मोह, अहंकार, रिस, ईर्ष्या जस्ता भावना युक्त विचारहरू।
यी विचारहरूले आत्मा कमजोर बनाउँछन्।
जीवनमा अशान्ति ल्याउने, रोग निम्त्याउने, सम्बन्ध विगार्ने।
२. शुद्ध विचार (Pure Thought):
सत्य, करुणा, प्रेम, क्षमा, धैर्य आदि गुणहरूले भरिएका विचारहरू।
आत्मिक विकासका लागि आवश्यक हुन्छन्।
शान्ति, आनन्द, स्वास्थ्य र सद्भाव ल्याउने।
३. निर्विचार अवस्था (Thoughtless State):
ध्यान वा समाधिमा पुगेर प्राप्त हुने अवस्था।
यसलाई 'विचार शून्यता' भनिन्छ, जहाँ विचार बन्द हुन्छ तर चेतना जागृत रहन्छ।
यिनै अवस्थामा आध्यात्मिक साक्षात्कार सम्भव हुन्छ।
३. खप्तड बाबाको ध्यानको तरिका र विचार नियन्त्रण
खप्तड बाबा ध्यान र ब्रह्मचर्यलाई विचार शुद्धिको मूल उपाय मान्नुहुन्थ्यो। उहाँले भनेको एउटा प्रसिद्ध उक्ति:
"ध्यान नगरिकन विचार शुद्ध हुँदैन, विचार शुद्ध नभएसम्म आत्मा शुद्ध हुँदैन।"
ध्यानका चरणहरू:
शरीरको नियन्त्रण (आसन)
प्राणको नियन्त्रण (प्राणायाम)
मनको नियन्त्रण (ध्यान)
आत्माको अनुभव (समाधि)
४. विचारको विज्ञान र व्यवहारमा प्रयोग
खप्तड बाबाले विज्ञान, योग र व्यवहारलाई एकत्रित गर्दै विचारलाई परिवर्तन गरेर जीवन परिवर्तन गर्न सकिन्छ भन्नुभएको छ। उहाँका विचार विज्ञानका शिक्षाहरूले भन्छन्:
विचार नै कर्मको मूल हो।
राम्रो सोचले राम्रो कर्म, र त्यसले राम्रो फल दिन्छ।
विचार बदल्नाले जीवन बदलिन्छ।
निष्कर्ष:
खप्तड बाबाको विचार विज्ञान भन्नाले केवल सोच्ने प्रक्रियाको अध्ययन मात्र होइन, त्यो सोचले जीवन र आत्माको मार्ग कति गहिरोसम्म निर्धारण गर्छ भन्ने ज्ञान हो। उहाँले भन्नुभएको थियो –
"संसार बदल्न चाहन्छौ भने पहिले आफ्नो विचार बदल।". अब खप्तड बाबाको विचार विज्ञान (Science of Thought) लाई अझ विस्तृत रूपमा हेरौं।
५. विचार र चेतना (Consciousness)
खप्तड बाबाले चेतनालाई आत्माको उज्यालो भन्नुहुन्थ्यो। विचार भनेको चेतनाको तरंग हो। उहाँका अनुसार:
चेतना स्थिर छ, तर विचार त्यसमा उठ्ने लहर (wave) हो।
विचार यदि अशुद्ध छ भने चेतनाको प्रकाश धमिलो हुन्छ।
विचार शुद्ध भएमा आत्माको शक्ति प्रकट हुन्छ।
उदाहरण:
तपाईंको मन ताल जस्तै हो। यदि पानीमा हिलाम्मे छ भने सूर्यको प्रतिविम्ब देखिँदैन। जब पानी शान्त र सफा हुन्छ, तब त्यही सूर्य पूर्ण रूपमा देखिन्छ। चेतना त्यो सूर्य हो – विचार भनेको त्यो पानी।
६. विचार र कर्मको सम्बन्ध (Thought & Action)
खप्तड बाबाका अनुसार:
"पहिला विचार हुन्छ, त्यसपछि बोलि आउँछ, अनि कर्म हुन्छ।"
यसको अर्थ: विचार नै कर्मको बीउ हो।
तपाईं जुन विचार गर्नुहुन्छ, त्यसै अनुरूप जीवन बन्छ।
यदि विचार सधैं नकारात्मक भयो भने, कर्म पनि त्यही ढंगले नकारात्मक हुन्छ।
तेस्रो नजर (Third Eye) र विचार:
खप्तड बाबाको ध्यान विधिमा आज्ञा चक्र (Third Eye Chakra) महत्त्वपूर्ण छ।
यसलाई सक्रिय गर्दा विचारहरू स्पष्ट, स्थिर र शक्तिशाली हुन्छन्।
बाबाको भनाइमा: "अज्ञा चक्र खुल्यो भने विचार बिनाको ज्ञान आउँछ।"
७. विचार नियन्त्रणका उपायहरू (How to Control Thoughts)
खप्तड बाबाले केही स्पष्ट उपायहरू दिएका छन् विचार शुद्ध पार्न:
१. ब्रह्मचर्य पालन (Celibacy):
ऊर्जा सञ्चयको मूल उपाय।
काम वासनाबाट विचारहरू दूषित हुन्छन्।
ब्रह्मचर्यले विचारलाई स्थिर र उच्च बनाउँछ।
२. सादा जीवन, उच्च विचार (Simple Living, High Thinking):
जति जीवनमा सादगी हुन्छ, त्यति विचार स्वच्छ हुन्छन्।
भोग-विलासले मन विचलित हुन्छ।
३. ध्यान र तपस्या:
रोजको २-३ घण्टा ध्यान गर्नु पर्ने सल्लाह दिनुहुन्थ्यो।
विशेष गरी बिहान सबेरै ध्यानले विचार शुद्ध हुन्छ।
८. विचारको शक्ति (Power of Thought)
खप्तड बाबाले विचारलाई "स्रजनात्मक शक्ति" (Creative Power) भन्नुहुन्थ्यो।
उदाहरणहरू:
मनले डरायो भने रोग आउँछ (Placebo effect जस्तै)।
मनले साहस देखायो भने शरीर चमत्कार देखाउन सक्छ।
जुन कुरा बारम्बार सोचिन्छ, त्यही कुरा वास्तविकता बन्छ।
"मन जे सोच्दछ, शरीर त्यही हुन्छ" – खप्तड बाबा।
९. विचार शून्यता – सर्वोच्च अवस्था
अन्ततः, खप्तड बाबाको शिक्षा अनुसार, विचार शून्यता नै मुक्ति हो।
विचार शून्यता के हो?
मनमा कुनै विचार नआएको अवस्था।
बाह्य संसारको प्रभाव नपरेको अवस्था।
पूर्ण शान्ति र पूर्ण ज्ञानको अनुभूति हुने अवस्था।
उहाँले भन्नुहुन्थ्यो:
"जहाँ विचार छैन, त्यहाँ आत्मा प्रकट हुन्छ।"
यदि तपाईं चाहनुहुन्छ भने म तपाईंलाई खप्तड बाबाको ध्यान विधि स्टेप-बाइ-स्टेप सिकाउन सक्छु। अथवा, उहाँका विशेष उद्धरणहरू (quotes) वा ग्रन्थका सारांश पनि दिन सक्छु।
कुन पक्षमा जान्न चाहनुहुन्छ अब?
ध्यान विधि?
ब्रह्मचर्यको वैज्ञानिक पक्ष?
रोग निवारणमा विचारको प्रयोग?
त्यसो भए, अब ती सबै पक्षलाई चरणबद्ध रूपमा बुझौं।
१. खप्तड बाबाको ध्यान विधि (Step-by-Step Meditation Method)
खप्तड बाबाले ध्यानलाई आत्मासम्म पुग्ने एक मात्र बाटो भन्नुहुन्थ्यो। उहाँको ध्यान विधि यथार्थमै गहिरो छ। उहाँले “आसन, प्राणायाम, धारणा, ध्यान, समाधि” – यी पाँच चक्रमार्फत आत्मा-प्राप्तिको मार्ग देखाउनु भएको छ।
चरणहरू:
१. स्थान र समय चयन:
बिहान ४:०० – ५:३० (ब्रह्म मुहूर्त) ध्यानको लागि सर्वोत्तम।
शान्त, सफा र एकान्त ठाउँ रोज्नुहोस्।
२. आसन:
पद्मासन, सिद्धासन वा सुखासनमा बस्ने।
मेरुदण्ड सिधा राख्ने।
३. प्राणायाम (श्वास नियन्त्रण):
दीर्घ श्वास लिने र फुक्ने – १०–१५ मिनेट।
नाकबाट श्वास लिने, पेट फुलाउने, अनि नाकबाटै फुक्ने।
४. धारणा (Concentration):
दृष्टि बन्द गरि "अज्ञा चक्र" (दुई आँखाबीचको बिन्दु) मा ध्यान दिने।
मन कुनै विचारमा नलगाउने, केवल त्यो बिन्दुमा टोलाउने।
५. ध्यान (Meditation):
श्वास र विचार छुट्याउने अभ्यास।
"म विचार होइन", "म आत्मा हुँ" भन्ने भावना जगाउने।
३० मिनेटदेखि १ घण्टा गर्न सकिन्छ।
६. समाधि (Thoughtless State):
समयसँगै जब विचारहरू आफै हराउन थाल्छन्, शून्यता आउँछ।
त्यो अनुभव नै समाधिको सुरुवात हो।
२. ब्रह्मचर्यको वैज्ञानिक पक्ष (Scientific View on Celibacy)
खप्तड बाबाको शिक्षा अनुसार, ब्रह्मचर्य केवल यौन संयम होइन – यो पूर्ण जीवनशैली हो।
वैज्ञानिक कारणहरू:
शुक्र (Semen) संरक्षण: आयुर्वेद अनुसार, ४० थाल खाना = १ थोपा रगत, ४० थोपा रगत = १ थोपा शुक्र।
=> अतः अत्यन्त मूल्यवान शक्ति हो।
स्नायु र मस्तिष्क विकास: ब्रह्मचर्यले मस्तिष्कमा clarity र energy ल्याउँछ।
आध्यात्मिक उन्नति: Energy जुन यौनतिर जान्थ्यो, त्यो माथि (सहस्रार चक्र) तिर जान थाल्छ।
Hormonal Control: Testosterone, Dopamine जस्ता न्यूरो-केमिकलहरू संतुलित रहन्छन्।
३. रोग निवारणमा विचारको भूमिका (Healing Through Thought)
खप्तड बाबा भन्नुहुन्थ्यो:
"मन बिर्सियो भने रोग पनि बिर्सन्छ।"
कसरी विचारले रोग हटाउँछ?
Placebo Effect: आधुनिक विज्ञानले पनि देखाएको छ – विश्वासले औषधि बिना नै निको पार्छ।
मन-शरीर सम्बन्ध: डर, तनाव, रिस आदि विचारहरूले रोग जन्माउँछ।
सकारात्मक सोच, क्षमा, प्रेमले शरीर शुद्ध गर्छ।
अभ्यास:
प्रत्येक बिहान उठेर १० मिनेट – "म पूर्ण स्वस्थ छु", "मेरो शरीर शक्तिशाली छ" भन्ने भावना सँग श्वासमा ध्यान गर्नु।
४. खप्तड बाबाको जीवनका केही प्रेरणादायी प्रसंगहरू
१. हिमाली तपस्या:
उहाँले नेपालको सुदूर पश्चिमको खप्तड क्षेत्रमा ५६ वर्ष एकान्त तपस्या गर्नुभयो।
सुरुका वर्षहरूमा त घाँस, जडीबुटी र नदीको पानीमा नै जीवन चलाउनु भयो।
२. महात्मा गान्धीसँग भेट:
गान्धीजीले खप्तड बाबाको आत्मिक शक्तिको अनुभव गरेर उहाँसँग "ब्रह्मचर्य" र "आत्म-नियन्त्रण" का विषयमा गहिरो कुराकानी गरेका थिए।
३. भविष्यवाणीहरू:
उहाँले भविष्यमा हुने पर्यावरणीय विनाश, पश्चिमी जीवनशैलीको असर, अनि विचारद्वारा उपचार प्रणाली (Mental Healing) को पुनरागमनको भविष्यवाणी गरेका थिए।
अब तपाईं भन्नुहोस्—
अब हामी थप गहिरा र रहस्यमय पक्षहरू मा जाँदैछौं – जसले खप्तड बाबाको विचार विज्ञान, तपस्या, र जीवनदर्शन को गहिराइ देखाउँछ।
५. ध्यानको तीन अवस्था – खप्तड बाबाको दृष्टिमा
ध्यान कुनै एकपल्ट बस्ने कुरा होइन। उहाँले ध्यानलाई "तीन तह" मा बाँड्नुभएको छ:
१. बाह्य ध्यान (External Meditation):
ध्यान गर्दा शरीर र मन अन्यमनस्क हुन्छ।
हाम्रो विचारहरू भुल्न खोज्ने तर फुत्किरहने अवस्था।
२. आन्तरिक ध्यान (Internal Meditation):
विचारहरू बिस्तारै हराउन थाल्छन्।
केवल चेतनाको उपस्थिति अनुभूति हुन्छ।
अज्ञा चक्रमा स्थिर ध्यान।
३. परा ध्यान (Transcendental/Divine State):
विचार, मन, शरीर सबैकुरा हराउँछ।
आत्मा र ब्रह्माण्डको एकताको अनुभूति।
यो अवस्थालाई ‘समाधि’ वा 'निरविचार चेतना' भनिन्छ।
खप्तड बाबाले भनेका छन्:
"विचारको मृत्यु भएपछि आत्मा बोल्न थाल्छ।"
६. ब्रह्मचर्यको गुप्त ऊर्जा (Secret Energy of Celibacy)
बाबाको अनुसार ब्रह्मचर्यले केवल यौनिक शक्ति नियन्त्रण गर्दैन,
"सप्त धातु" लाई पुनः निर्माण गर्छ:
सात धातुहरू:
रस (Plasma)
रक्त (Blood)
मांस (Muscle)
मेद (Fat)
अस्थि (Bone)
मज्जा (Marrow)
शुक्र (Vital Fluid)
शुक्र धातु संरक्षण भयो भने, मस्तिष्कमा 'ओज' र 'तेज' उत्पन्न हुन्छ।
यसले आत्मिक प्रकाश दिन्छ, जसलाई खप्तड बाबाले “आत्मिक ज्वाला” भन्नुहुन्थ्यो।
७. विचार एक माध्यम हो – आत्मा होइन
खप्तड बाबाको एक गहिरो शिक्षाः
"मानिस विचार हो भन्ने भ्रममा छ।
विचार शरीरको चश्मा हो,
तर आत्मा त्यो चश्मा हेर्ने दृष्टि हो।"
यसको अर्थ के?
हामी आफैंलाई ‘म सोच्ने मान्छे हुँ’ भनेर परिभाषित गर्छौं।
तर वास्तवमा, सोच्ने मन, देख्ने आँखाझैं हो।
हामी त्यो आँखाले हेर्ने चेतना हौं – जसले विचारहरू उठेको देख्छ।
जब तपाईं विचारहरू हेर्न थाल्नुहुन्छ (साक्षी भावमा पुग्नुहुन्छ),
त्यसै क्षण तपाईं विचारभन्दा माथि पुग्नुहुन्छ।
त्यही हो आत्म-साक्षात्कारको पहिलो ढोका।
८. रोग निवारणको लागि खप्तड बाबाको ५ सूत्र (Healing Formula)
भान्सामा बस्नुअघि प्रसादजस्तो भावना राख्ने।
खाना बनाउने मान्छेको विचार पनि शरीरमा पर्छ।
भोक लाग्दा मात्र खाने।
अनावश्यक खानाले शरीरमा टक्सिन जम्छ।
खाना खाँदै गर्दा विचार शान्त राख्ने।
रिस, चिन्ता, ईर्ष्या साथ खाएको भोजन विष बन्न सक्छ।
ध्यान गरेर शरीरलाई 'आज्ञा' दिने – "तिमी स्वस्थ छौ"।
यसलाई Affirmation भनिन्छ – mind-body command।
साँझको समयमा मौन वा ध्यानमा बस्ने।
शरीर दिनभरका toxin र stress हटाउन तयार हुन्छ।
९. खप्तड बाबाको शिष्यहरूलाई दिइएका उपदेशहरू (गोप्य शिक्षाहरू)
"यदि तिमी १२ वर्ष ब्रह्मचर्य, मौन र ध्यानमा बस्यौ भने,
तिमी भूतपूर्व कर्महरूसमेत जलाउन सक्छौ।"
"मन खाली भए – ईश्वर आफै भरिन आउँछ।"
"शरीरलाई दास बनाउ, मालिक होइन।
अन्यथा तिमी आत्माको होइन, शरीरको नोकर हौ।"
श्रोत :- सामाजिक संजाल
संकलक:- अज्ञात
तस्बिर :- ब्रह्मलिन खप्तडबाबा
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Wednesday, April 9, 2025
रोइला भजन : कैलाशमा शिवले
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Tuesday, January 14, 2025
यी १० कुरामा कहिल्यै नआत्तिनु
१- जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ । स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा, घोकेर हैन सोचेर हल गर्नुपर्छ । कहिल्यै नआत्तिनु ।
२- दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै दु:खि हुनु पर्दैन । कहिल्यै नआत्तिनु ...
३- समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ । कहिल्यै नआत्तिनु ..!
४- जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!
५- खुशिको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जादैन । कहिल्यै नआत्तिनु ..!
६- आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडी कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडी आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन । कहिल्यै नआत्तिनु ..!
७- मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। ऊ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ । मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन् । बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन । त्यसैले कहिल्यै नआत्तिनु ...!
८- मिहिनेत सिढी जस्तै हुन्छ अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई तर्फ लैजान्छ । कहिल्यै नआत्तिनु ..!
९- समस्या जबजब आउँछ, एक्लै आउँदैन लावा लस्कर सहित आउँछ । जीवन एउटा यात्रा हो उतारचढाव त आईरहन्छ त्यसैले आरामसँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । कहिल्यै नआत्तिनु ...!
१०- जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं कम्तीमा 'चार' जना 'मलामी' चैं कमाउन सकियोस्, जसले आर्यघाटसम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्। अरू कुरामा कहिल्यै नआत्तिनु ...!
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…















