Wednesday, December 18, 2013

Enjoy Free WiFi


By Yubraj Panthi


Using a free wifi, if you get a "LIMITED
ACCESS" problem then,
1. Click "Start", input "NCPA.CPL" (without
quotation marks) and press Enter.
2. Right click on the connection that you use
for the local connection, and then click
"Properties".
3. Click to select "Internet Protocol Version 4
(TCP/IPv4)", and then click "Properties".
4. In the Internet Protocol window, let's
change the "Preferred DNS server" to
208.67.222.222 and "alternate DNS server" to
208.67.220.220
ENJOY FREE WIFI !!!


Sunday, December 8, 2013

साथीको फेसबुकवालबाट


By Yash Kumar Rayamajhi


एक पल्ट सबै भावानाहरुले लुकामारी खेल्ने
सल्लाह गरेछन…..
पिडाले आँखा छोपेर गन्न
थाल्यो अनि अरु सबै लुक्न गएछन, झुट
एउटा रुखको मुनि लुक्न गयो . ..
माया गुलाबको बोट मुनि यस्तै गरि रिस,
आवेग,
इर्श्य पनि विभिन्न ठाउमा . ..
सबैले पक्राउ खाए तर माया लाई पकड्न सकेनन,
इर्श्याले पिडा लाई भन्यो- "हेर
त्यो माया कहाँ लुकेको छ" पीडाले
मायालाई
जबरजस्ती तानेर बाहिर निकाल्यो| काडाले
घोचेर
मायाको आँखा नै फुट्यो र अन्धो हुन
पुग्यो यो देखेर भगवानले पीडालाई सजाय
यस्तो दिए कि, पीडाले सधै
भरि माया संगैबस्नु
पर्ने
भयोl
त्यहि दिन देखि माया अन्धो छ
अनि जहाँ जहाँ माया छ
त्यहाँ पिडा दिएकैछ . .



Saturday, December 7, 2013

प्रसंग विवाह पञ्चमीको


आज विवाह पञ्चमी अर्थात सीता जयन्ती,
विवाह सम्बन्धमा हिन्दू धर्मले प्रस्तुत
गरेका केहि रोचक कुराहरु यस प्रकार छन्  -
अन्य धर्ममा विवाह भनेको पति र
पत्नीको विचमा जे-जस्तो किसिमको करार हुने
भएपनि हिन्दू संस्कारमा पति पत्नीविच जन्मजन्मान्तरको सम्बन्ध जोडिएको हुन्छ जसलाई कुनै पनि अवस्थामा तोड्न सकिदैन तर समयको विकासक्रम संगै जे जस्ता अपवाद
देखिएपनि हिन्दू धर्मले यहीँ कुरा बताउछ ।
हिन्दू धर्ममा पति पत्नीका विच शारीरिक
सम्बन्ध भन्दा आत्मीय सम्बन्धलाई
मान्यता दिइन्छ र यो सम्बन्धलाई अत्यन्तै पवित्र
सम्बन्ध मानिएको छ ।
दुवै पक्षको सहमतिमा समान वर्गको सुयोग्य
वरका साथ कन्याको विवाह गर्नुलाई ब्रम्ह
विवाह भनेर हिन्दू धर्मले भनेको छ ।
सामान्यत: यो विवाह पछि कन्यालाई
आभुषणयुक्त गरेर बिदा गर्ने गरिन्छ ।
आजभोलिको बोलिचालिमा एरेन्ज म्यारिज
ब्रम्ह विवाहकै रुप हो ।
सबै प्रेम विवाह परिवारको असहमति मै हुन्छन्
भन्ने होइन तर पनि परिवारको सहमति बिना वर
र कन्या कुनै रितिरिवाजले आपसमा विवाह गर्ने
पद्धतिलाई गान्धर्व विवाह भनिन्छ । प्राचिन
समयमा दुष्यन्तले शकुन्तलासंग गान्धर्व विवाह
गरेका थिए । उनकै पुत्र भरतको नामबाट नै
भारतवर्षको नाम भारत रहेको धार्मिक
इतिहास छ । यसलाई आजकल प्रेम विवाह
भनिन्छ । यसरी हेर्दा प्रेम विवाहको इतिहास
पनि हिन्दूधर्ममा पुरानै भएको पाइन्छ ।

त्यस्तै कन्यालाई आर्थिक रुपले खरिद गरी गरिने विवाहलाई असुर विवाह भनिन्छ । त्यस्तै
कन्याको सहमतिबिना उनलाई अपहरण
गरि गरिने विवाहलाई हिन्दू धर्मले राक्षस
विवाहको संज्ञा दिएको छ । नराम्रो तवरले
गरिने विवाहलाइ यस्ता संज्ञा दिनुले
कन्या प्रति हिन्दू धर्मले साच्चै सम्मान व्यक्त
गरेको छ ।
विवाहसंगै यौन पनि जोडिन आउछ । अर्थात,
विवाह र यौन एकअर्काका परिपूरक र सुमधुर
सम्बन्ध भनेर हिन्दू धर्मले उल्लेख गरेको छ ।
राम्रो तवरबाट गरिने विवाह पश्चातको सम्बन्ध
नै सरल एवं अति उत्तम सम्बन्ध हो ।

by :- Sudeep Gyawali

Wednesday, December 4, 2013

जमाना (शार्दूलवीक्रीडित)


जमाना

देखिन्नन् शुशिला शिला शिलवती सारा बने मोर्डन ।
केही लाज देखिन्न यी शरिरमा लज्जा कता गो भन ।।
आधा नग्न छ बैशमत्त मदले मम्मी झनै बैशकि ।
आमा शब्द कसोरि भन्नु घिनले यो नग्नतामा अनि ।। १ ।।
जालीदार लुगा नहोश तनमा साच्चै कलीकाल यो ।
प्यालामा अतिलठ्ठ ओठ उसका चुम्मा र चाटी भयो ।।
छोरी हात समाउछे युवकको बेहोश बेतालमा ।
आमाको पनि ध्यान छैन उसमा प्रसन्न बेहालमा ।। २ ।।
यो आगन्तुक संस्कृती यतिविधी फैलेछ नेपालमा ।
डिस्कोडान्स र बारपाटि घरमै उर्ल्यो कलीकालमा ।।
रक्सीको घुटुको निलेर खुश भै बिर्सेर आफै पनि ।
अर्कैको पतिसंग टाँसिन पुगी डार्लीङ मेरो भनी ।। ३ ।।
देवीका रुप हुन् तथापि महिला बन्दा महापातकी ।
यै छाडापनको अतिक्रमणले घर्बार बिग्रे कति ।।
पुर्खाको इतिहास धर्म कुलको संस्कार खै काँ गयो ।
मेरो क्यै पनि भन्नु छैन यसमा ज्याद्रो कलीकाल यो ।। ४ ।।


२०६९ वैशाख ३०, लाजिम्पाट काठमाण्डौ


Monday, December 2, 2013

गजल

गजल

मन भन्छ तिमीलाई मुटुभित्र हुलिहालुँ ।
तिमीसंगै रमाएर दुनिया यो भुलिहालुँ ।
अस्तव्यस्त जिन्दगिको जंघारमा अल्झेको म,
तिम्रो हात समाएर टाढा कतै डुलिहालुँ ।
अनुपम बहारिलो शौन्दर्यको छहारिमा,
शरदको धानजस्तै लहलह झुलिहालुँ ।
कति गाँठो पार्छौ सानु जवानीका रंगहरु,
लाग्दैन र तिमीलाई क्वैसंग त खुलिहालुँ ।
ओइलिई झर्नुपर्ने जिन्दगि त हुदैहो नि,
था नहुदा कोपिलाले भन्छ होला फूलिहालुँ ।


2070/08/17 रानिबास सिन्धुली



Saturday, November 16, 2013

गजल


गजल (मुतकारिब बहर)

नया आश मन्मा पलाएर आएँ ।
झुठा सोच सारा छलाएर आएँ ।
पराधीन बन्दै थिएँ होस खुल्दा,
जसै था भयो सल्बलाएर आएँ ।
सधै लोडसेडिं हुनाले ननिभ्ने,
महाप्रेम बत्ति जलाएर आएँ ।
म यात्राबिचैमा कतै चिप्लिएछु,
तुरुन्तै उठी चल्मलाएर आएँ ।
नशाबाट उत्री दिवा कल्पनामा,
असाध्यै मिठो फल् फलाएर आएँ ।
म चट्टानजस्तै कडा मन् भएको,
भनेथ्यौ र त्यो मन् गलाएर आएँ ।



2070-06-03 सिन्धुली


Friday, August 30, 2013

उजाड रुख, गर्भवती बेश्या र मेरो देश


उजाड रुख, गर्भवती बेश्या र मेरो देश

एउटा अजकल्टो रुख, जरा काट्न तल्लिन केही मुसाहरु!
टुप्पानेर कमिलाको ठूलो गोलो र विचमा ट्वाक ट्वाक टोकटोके चराको गुड बनाउने प्रकृया ।
निरीह शुष्क बनेर सुन्दर जंगलको विचमा
वशन्त ऋतुको बहारको प्रतिक्षामा उजाडिदा उजाडिदै पनि ठडिएको जस्तो ।।
सडक किनारमा उभिएर आफ्नो सलक्क बडेको पेटप्रति रोष व्यक्त गरिएको अनुहार,
बटुवाहरुको घृणित कटाक्ष दृष्टि,
विवश इतिहासको अनिच्छित भविष्य बोकेर,
अस्तित्वमाथि प्रश्नचिन्ह तेर्साउदै - अश्रुपूर्ण आँखाले टुलुटुलु हेरिरहने गर्भवती वेश्याजस्तो --- मानौ मेरो देश !!! र, मेरो तिक्त यथार्थ वर्तमान ।।


2069-02-28, मंगलसेन अछाम


Thursday, August 22, 2013

Life is that what it contains


LIFE IS THAT WHAT IT CONTAINS

The way I live is my own but sometimes I lose my way.
The way you live is your own and sometimes you lose your way.
Cause we dont live for own sake.
One dies in others cause & living one remorse.
All have different ways,  often the ways intersect.
When we meet at a point, new way of life begins.
Then we move together still a debate remains.
At another junction we separate again suffering the pain.
Where one is not defeated one cant gain.
Whether we meet again is not certain.
Anyway the journey persists, moreover new one pertains.
Bad or sad & ups or downs Life is that what it contains.
Pain or pleasure, Day or night : Life is that what it contains.


2067-11-26, Kalanki
Kathmandu