Showing posts with label गजल (Gazal). Show all posts
Showing posts with label गजल (Gazal). Show all posts

Wednesday, June 12, 2013

गजल



कहिलै दाउ नपरेको जुवा जिन्दगानी
खडेरिले पिल्सिएको कुवा जिन्दगानी !
बतासले जता लग्यो उतै बहकिने
लक्षहीन सिमलको भुवा जिन्दगानी !
मन्दविष तड्पाएर लत लगाउने
तिमी अनी चुरोटको धुवा जिन्दगानी !
मलजल परिश्रम सब ब्यर्थ जाने
मरुभुमी निर्झर बालुवा जिन्दगानी !
बाँच्नलाई खान नभै खान बाँचेको म
दिक्कै लाग्छ उफ्फ भतुवा जिन्दगानी !

२०६९-१०-२१, नारायणहिटि काठमाण्डौ  


Saturday, March 9, 2013

गजल



भड्खालोमा देश मेरो परेजस्तो लाग्छ ।
आत्मीयता नेपालीको मरेजस्तो लाग्छ ।
सल्बलायो अस्थिरता आफ्नोपना छैन ,
माटो रोयो अश्रुधारा झरेजस्तो लाग्छ ।
मात्रीभूमी शोकमग्न टुलुटुलु हेर्नु,
निरिह छु गल्ती यहाँ गरेजस्तो लाग्छ ।
स्वार्थी दुष्ट पिशाचले सबै भड्काएर ,
शत्रुताको बिष बिउ छरेजस्तो लाग्छ ।
जर्जरता वैरभाव कतिन्जेल टिक्ला ,
नेपालीको मन्मा भ्रम भरेजस्तो लाग्छ ।  

२०६९-जेष्ठ ७ लाजिम्पाट काठमाण्डौ


Friday, February 1, 2013

गजल


अंगालिएको जुनेली रात भुल्यौ कि साँच्चै भुले झै गरेकी ! 
प्रेम नशाको बेहोशी मात भुल्यौ कि साँच्चै भुले झै गरेकी !! 
कुरै कुरामा बिताएर रात नछुटोस भन्दै प्यारो यो साथ ,
आँशूमय साह्रै भाथ्यो प्रभात भुल्यौ कि साँच्चै भुले झै गरेकी !!
खस्दै गरेका तारा देखाई दुई मुटुभित्र नाम लेखाई , 
थामिरहन्छु भन्ने यो हात भुल्यौ कि साँच्चै भुले झै गरेकी !!
संगै भिजेथ्यौँ झरी बर्षिदामा मुटुमा छ भन्थ्यौ मेरै नाम , 
“मर्छु म राजा तिमी बिना त” भुल्यौ कि साँच्चै भुले झै गरेकी !!
हैन नि काली घात गरेको, थिएँ म बाद्यतामा परेको , 
टाढा हुँदैमा बर्ष छ सात भुल्यौ कि साँच्चै भुले झै गरेकी !!


Saturday, January 5, 2013

गजल


गजल

सुरताल नमिलेको गीत भाछ जिन्दगी यो ।
आफ्नो हानी अरुलाई हित भाछ जिन्दगी यो ।
दुबोमाथि बिहानीमा मोती बनी शोभा दिने,
सूर्य रस्मी चर्कदाको शित भाछ जिन्दगी यो ।
सधैं हार पराजय धोकामा नै रम्न थालेँ,
अर्को एउटा हारमा नि जित भाछ जिन्दगी यो ।



मरेर नै बाँचेको म मर्न डर छैन तर,
बँचिने पो हो कि भयभीत भाछ जिन्दगी यो ।
मुटुभित्र पीडाहरु दन्किदा नि हाँसेको छु,
देखावटी संसारको रित भाछ जिन्दगी यो ।
नयाँ भन्नु छैन केही उस्तै दिन सधैंभरी,
बर्तमानभित्र नै अतीत भाछ जिन्दगी यो ।


३ कार्तिक २०६६, कलंकी काठमाण्डौ  

गजल


गजल

काकासंग माली गाई चराएको संझेँ आज ।
गाईको बाच्छो बनभित्रै हराएको संझेँ आज ।
बर्तमान बिर्सिएर अतीतमा रम्दाखेरी,
गाई हरायो हामी दुवै डराएको सम्झेँ आज ।
हाम्रो गाई अरुको नै खर्बारीमा गयो भनी,
काकाले खुब् इल्लबिल्ल गराएको सम्झेँ आज ।
काम जती मैले गर्ने काका साह्रै अल्छि सधैं,
गाई फर्का जा त भनी अराएको सम्झेँ आज ।
गाई टाढा देखेपछी फर्काउन जादैगर्दा,
नजिकै त्यही बाघ कराएको सम्झेँ आज ।

३० जेठ २०६३, बलेटक्सार गुल्मी

Friday, January 4, 2013

गजल


गजल
मन पर्दा मान्छे माया आँशु उस्को जल रे
हेर्दाखेरी मुस्काउँथी गालामा डिम्पल रे
संगै बसी जिस्काउदा भाग्थी टाढा लजाएर,
भन्न मात्रै नसके नि माया अटल रे
माया प्रिती बढाएर छोडी जाने हो कि कतै,
सोद्धा रुन्थी अंगालोमा हुन्न धोका छल रे
गाउकी सोझी कहिलेकाही सर्टप्याण्ट लगाउदा,
भन्थी कुर्ता लगाउथे नभएर सल रे
सप्ना देख्दै बिहानीको निद्रा मस्त रहेछु ,
घण्टी बज्यो मोबाइलमा सप्ना खलबल रे

२०६५-असार २३ , बलेटक्सार गुल्मी

Tuesday, May 1, 2012

गजल


गजल

हाँसी रमाउनु तिमी जब म जलेको हुन्छु !
अन्तिम् घडी चितामा दन्दन् बलेको हुन्छु ।
कैले नझार्ने आँशु छ बिन्ती नझारि देउ,
निस्प्राण भै मुढो झै म कहीँ ढलेको हुन्छु।
आकाशमा म हुन्छु खुला ठाउमा नआऊ,
चुम्ला कतै हवाले म सिर्सिर् चलेको हुन्छु।
आउन्न भूत केही तिमी ढुक्कसाथ बाँच्नु,
आफै म भूत बन्दै म आफै छलेको हुन्छु।
तारा नहेर्नु झर्दा अतीतै त्यो बल्झिदेला,
टाढा कतै गगनमा म पनि फलेको हुन्छु।

कलंकी काठमाण्डौ, २०६५-११-८


Sunday, April 29, 2012

गजल


गजल
चाहन्थेँ म तिमीलै नै पाइला मोड्यौ बेश भो।
पछि धोकादिनुभन्दा पहिलै छोड्यौ बेश भो।
फूल भनी लाको माया काँडा बन्न दिनुभन्दा,
फूल काँडा नचिनिदै बोट गोड्यौ बेश भो।
सक्दिनथे तिमीलाई धनभन्दा माथि राख्न,
बेलैमाथि धनीसंग साइनो जोड्यौ बेश भो।
जानी जानी आफ्नै खुट्टा बन्चरोले हानेको म,
जाल्मा पारी प्रभातको दिल फोड्यौ बेश भो।
तिमीलाई अंगालेर जन्जीरमा परेको हूँ,
अन्तै जाँदा मायाको जन्जीर तोड्यौ बेश भो।

२०६३-८-९  बलेटक्सार गुल्मी


Monday, April 9, 2012

गजल


        गजल
पिरतीमा के गर्नु र कुरा स्वार्थ घातको !
रिसाएर एक्लै हिड्ने नरमाइलो मातको !

यो मनको कुरा सबै तिमीलाई थाहै छ नि,
के बयान गरु र म पत्रका ती खातको !

सारै स्वच्छ मन तिम्रो पूर्णिमाको जुनजस्तै,
जुनसंग मितेरी छ पूर्णिमामा रातको !

फूललाई रोज्छन् सबै स्वार्थी यो दुनीयामा,
मुल्य छैन कही पनि काँडा अनि पातको !

सधैभरि साथ दिई मिलेर बसौँ हामी,
सधै यस्तै चाहना छ सबिन प्रभातको !

बलेटक्सार गुल्मी , २०६२- २- २५




Thursday, March 15, 2012

गजल


गजल
मासु खान्छ फ्याउरोले जिल्ल पर्छ काग यहाँ,
बिरालो भो शक्तिशाली डराउछ बाघ यहाँ ।
क्रान्ति के हो वास्तविक बुझेकाको आँखा छोपी,
प्रतिगामी स्वाँठलाई भन्छन् अझै जाग यहाँ ।
स्वच्छछवी कोइला भो सुनौलो छ आडम्बर,
नक्कली सुन् ढाकिदिन्छ कोइलाको दाग यहाँ ।
सर्प नाम हानी भयो अलि भ्रमजाल रची,
नामै मात्र बदलेर पूजीइन्छन् नाग यहाँ ।
कुर्सीमा छ बुद्धिमानी, कुर्सीमै छ शक्ति पनि,
मान्ने भए साथीहरु कुर्सी ढाल्न लाग यहाँ ।
परिवेश बाद्यताले साघुरियो यथार्थ नै,
सिस्नो पनि साग भयो रायो पनि साग यहाँ ।

कलंकी, काठमाण्डौ, २०६६-०९-०२


गजल


गजल
माया गर्नु तिमीलाई प्रभातको दोष छैन
मन शुन्य भएको छ अझैसम्म होष छैन।
चार दिन भइसक्यो तिमीलाई नदेखेको,
नदेखेरै हो कि कुन्नि केही गर्ने जोश छैन ।
भेट्नै पनि जान्थे बरु घरकाको डरले हो,
नजिकै हो घर तिम्रो बाटो आधी कोश छैन ।
मनैबाट चाहिएको साथी भेट्न नपाउदा,
अधैर्य बन्छ मन सबिन सन्तोष छैन ।
तिम्रालागि एकान्तमा म एक्लै रुदा रुदै,
आँखाहरु सुख्खा भए कत्तिपनि ओश छैन ।

२०६३-०३-२३ , साँझ ६ बजे , बलेटक्सार गुल्मी


Friday, January 13, 2012

गजल


गजल

झुक्नै पर्छ भने आखिर अल्किनु नि किन ।
भ्रम पार्न सिसा सुन झै टल्किनु नि किन ।।

तिमी जुन म हुँ माटो भेटै हुन्न भने,
झुठो आश देखाउन झल्किनु नि किन ।।

छोटो स्वार्थ हेर्दिन म आवेशमा आई ,
दाँया जानेभए बाँया ढल्किनु नि किन ।।

पानीबाट बाफ भ ई फेरि पानी बन्न,
घमण्डको रापभित्र भल्किनु नि किन ।।

बुझेकै हो सलाईले पहिला जल्छ आफै ,
आफै पहिला मर्ने जानी सल्किनु नि किन ।।


२०६८-१-१७ , लाजिम्पाट काठमाण्डौ



Wednesday, January 11, 2012

गजल


गजल

कहाँ शितल हुन्छ सानु रुखै ढालेपछि !
शान्ति हुन्न मनभित्र रिस पालेपछि !!

औँशी रात किन नहोस् मनको अध्यारोले,
उज्यालो त हुन्छ पक्कै दीप बालेपछि !!

सुस्त सुस्त सङ्गै हिड्यौँ यौटै लक्ष लिई,
छोडिएँ म तिम्ले पाइला छिटो चालेपछि !!

नफुटेको मनजस्तो बिश्वास र आँट,
हुन्न रैछ टुक्रिएको मन टालेपछि !!


२०६८-०३-१८ लाजिम्पाट काठमाण्डौ



Thursday, December 1, 2011

गजल


गजल

दुई चार दिन् त क्याम्पसमा दादा बनी थर्काइयो ।
रिजल्टमा आलु आयो बर्‍र आशु दर्काइयो ।


आफू बिग्र्यो अलि राम्रो पढ्ने साथीलाई पनि ,
के पढ्छस् र यार भन्दै तास खेल्न फर्काइयो ।


बेहोशीमै राजनीतिमा पाइला चाल्न पुग्दाखेरी,
चार जनाले टायर जलाई आन्दोलन चर्काइयो ।


साथीसङ्ग धाक दि ई उस्किएर लड्न जाँदा,
साथी भागे एक्लै परेँ हात दुइटै मर्काइयो ।


इङ्गिस कैलै कट्ने हैन हाउ सेक्सी गर्ल भन्दै,
सान्नानीको पछिपछी पाइलाहरु लर्काइयो ।


पछि लाग्दा सान्नानीको स्वागत गरी चप्पलले,
मुखमै लाग्न आथ्यो क्यारे बल्ल बल्ल तर्काइयो ।।




सबिन प्रभात ~~ २०६४ - ४ - ११ गुल्मी




Sunday, November 20, 2011

गजल

गजल

घात हुँदा सबैबाट आश भताभुङ्ग भो !
फ्याक्यौ तिम्रो मनबाट बास भताभुङ्ग भो !

जिन्दगी नै दाउ राखी जुवा खेल्ने जुवाडेको,
हराएछ एक्का यहाँ तास भताभुङ्ग भो !!

पिरतीको भोको यौटा आहाराले तड्पिएको,
मुखमै ठिक्क पारिएको, गास भताभुङ्ग भो !

मेरो हरियाली तिमी ऐजरुले ढाकेपछि ,
हराभरा वशन्तको मास भताभुङ्ग भो !

मेरो मुटुभित्र बसी पछी अन्तै गइदियौ,
साथ छुट्यो एकै मुठी सास भताभुङ्ग भो !


 काठमाण्डौ -२०६४




Gazal

GAZAL

Danger signal of  Traffic red Light is life .
In the sky without thread lost Kite is life.


Brevity of sufferings , calamity and pains,
Unfortunate human birth big Plight is life.


Some times here, to and fro & far away,
Till the end nonstop long Flight is life.


Effulgence of light is very few so sad,
Symbol of melancholy dark Night is life.


What we wish cant be found bitter reality,
Illusion like nightmare blind Sight is life.

2064-04-15, Baletaksar- Gulmi





गजल

गजल (मुतकारिब बहर)

परेँ रातभित्रै बिहानी हरायो !
नया जुग आयो इमानी हरायो !!

छ गन्तव्य टाढा म पुग्दैन कैले,
निकै दूरको त्यो निशानी हरायो !

कुनै जोश छैनन् युवा ह्वौँ तथापि,
बहारै बिनाको जवानी हरायो !

सधै पाप देख्दा जलेको छ आत्मा,
म आफै जलेको खरानी हरायो !

सबै सम्पतीको पछाडी दगुर्दा,
रुपैया नभाको लगानी हरायो !

२०६३-०९-१७, बलेटक्सार- गुल्मी



गजल

गजल

देखेँ म आफ्नै पारा अचम्म !
बुझ्दैछु विश्व सारा अचम्म !!

आकाशबाटै माया भनेर ,
झारी दिएका तारा अचम्म !!

लाखौँ हजारौ जम्मा भएसि,
अर्थै बिनाका नारा अचम्म !!

दुख्दैछ छाती पीडाभित्र बाँच्दा,
स्पर्शैबिना ज्यानमारा अचम्म !!

माया छ ठूलो भन्ने सुनियो,
तड्पिरह्यो दिल्हारा अचम्म !!

२०६५-०४-०४, कलङ्की


Thursday, November 17, 2011

गजल


गजल

त्यो कोमल मायालु हात छ राम्रो !
झिलिमिली जुनेली रात छ राम्रो !!


मनमुटु  सबमा  माया  रहेछ,
जवानीको नशामा मात छ राम्रो !!


प्रभातको मन् मुटुमा छ माया ,
अन्जान पिरतीको खात छ राम्रो !


चन्चल  मनमा माया भरिदा,
तिमीले निभायौ साथ छ राम्रो !!


लाग्दछ तिमी नै  वशन्त मेरो,
साँच्ची नशालु प्रभात छ राम्रो !!



सबिन प्रभात , बैशाख-२०६२ ,बलेटक्सार गुल्मी




गजल

गजल

गाउँघरकै भेषभुषा गुनियो र चोली राम्रो !
कोइलीको भन्दापनि मीठो तिम्रो बोली राम्रो !!

स्वार्थ कत्ति छैन भने विस्वासमै संसार छ,
भविष्य सुन्दर त्यो हिजोभन्दा भोली राम्रो !! 

महङ्गा ती कारमाथी बिहे गर्नु भन्दिन म,
आफ्नोपना छुट्टै यहाँ  बेहुली बोक्न डोली राम्रो !!

आफ्नो श्रम नगरेर छल कपट गरि खाने,
हुदैन है कहिलेपनि जोगि दाइको झोली राम्रो !!

पाप मात्रै  फैलिएको फोहरी शहरभन्दा,
दुखमा नि साथ दिने आफन्तको टोली राम्रो !!


सबिन प्रभात, २२-१-२०६५, कलङ्की, काठमाण्डौ